nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ७, २०८३, ४:०६ मध्यान्ह
निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

रौतहट/असोज ७ गते। रौतहटको कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालले सामाजिक सञ्जालमा प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीले निःशुल्क उपचार पाइरहेको भिडियो सार्वजनिक गर्दै स्वास्थ्य सेवा प्रभावकारी रहेको सन्देश दिन खोजेका छन् । तर, जिल्ला स्वास्थ्य कार्यालय रौतहटको वार्षिक समीक्षा प्रतिवेदनले भने नगरपालिकाको स्वास्थ्य क्षेत्रको समग्र तस्वीर त्यसको ठीकविपरीत देखाएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षामा कटहरिया नगरपालिकाका १८ स्थानीय तहमध्ये १८औँ अर्थात् अन्तिम स्थानमा परेको छ । यसले एउटा प्रश्न खडा गरेको छ- केही बिरामीले निःशुल्क उपचार पाउनु मात्रै नगरपालिकाको समग्र स्वास्थ्य सेवा प्रभावकारी भएको प्रमाण हो ?

स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन, उपलब्धि तथा विभिन्न स्वास्थ्य सूचकलाई आधार बनाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो मूल्याङ्कंकनमा कटहरियाको कार्यसम्पादन कमजोर देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी अनिलकुमार कर्णले बताएका थिए । कर्णका अनुसार स्वास्थ्यसम्बन्धी कार्यक्रम समयमै सञ्चालन हुन नसक्नु र निर्धारित स्वास्थ्य गतिविधि समयमा सम्पन्न हुन नसक्दा नगरपालिकाको समग्र कार्यसम्पादन प्रभावित भएको हो ।

जनशक्ति र औषधिको समस्या कि व्यवस्थापनको कमजोरी ?

कटहरिया नगरपालिकाका तत्कालीन स्वास्थ्य शाखा प्रमुख दिनेश यादवले भने स्वास्थ्य क्षेत्र कमजोर देखिनुका पछाडि जनशक्ति अभाव, औषधि आपूर्तिमा ढिलाइ र बजेट व्यवस्थापनलगायतका व्यावहारिक समस्या रहेको बताएका थिए । उनका अनुसार गर्भवतीको एएनसी तथा सुत्केरीपछिको पीएनसी जाँचका लागि आवश्यक जनशक्ति पर्याप्त छैन । औषधि समयमै उपलब्ध नहुँदा स्वास्थ्य संस्थाको सेवा प्रवाहसमेत प्रभावित हुने गरेको उनको भनाइ थियो ।

सबैभन्दा गम्भीर तथ्यका रूपमा उनले बच्चा जन्मेदेखि २४ महिनासम्म २४ पटक स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था भए पनि जनशक्ति अभावका कारण कटहरियामा औसतमा ४–५ पटक मात्रै स्वास्थ्य जाँच हुने गरेको बताएका थिए । यदि यो अवस्था समीक्षाको अवधिमा पनि कायम थियो भने, सामाजिक सञ्जालमा देखाइएको केही बिरामीको निःशुल्क उपचारभन्दा ठूलो प्रश्न बाल स्वास्थ्य, मातृ स्वास्थ्य र नियमित स्वास्थ्य सेवाको पहुँचमा उठ्छ ।

बजेट छ, तर प्राथमिकता कहाँ ?

तत्कालीन स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार स्वास्थ्य संस्थाको नियमित सञ्चालनका लागि आवश्यक स्रोतसाधनको समेत अभाव छ । औषधि खरिदमा बजेट छुट्याइए पनि स्वास्थ्य क्षेत्रका अन्य कार्यक्रम, जनशक्ति तथा आवश्यक पूर्वाधारका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको उनको भनाइ थियो । यसले कटहरियाको स्वास्थ्य समस्या केवल ‘औषधि छैन’ वा ‘कर्मचारी छैन’ भन्ने तहमा सीमित नरहेको देखाउँछ । स्वास्थ्य सेवा सुधारका लागि बजेटको आकारसँगै त्यसको प्राथमिकता, कार्यान्वयन क्षमता र अनुगमन पनि महत्वपूर्ण हुने देखिन्छ ।

वडाध्यक्षको आरोप अझ कडा

कटहरिया नगरपालिका–४ का वडाध्यक्ष चन्दन कुशवाहाले त मेयर जयसवाल निर्वाचित भएयता नगरपालिकाको स्वास्थ्य तथा शिक्षा क्षेत्र लथालिंग अवस्थामा पुगेको आरोप लगाएका छन् । कुशवाहाका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रदेखि वडा तहका स्वास्थ्य कार्यालयसम्म नियमित औषधि र जनशक्तिको समस्या रहने गरेको छ । विद्यालयमा समेत गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको उनको दाबी छ । अनजिल्ला स्वास्थ्य कार्यालयको मूल्यांकनमा कटहरिया स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा अन्तिम स्थानमा पर्नुले नगरपालिकाको स्वास्थ्य व्यवस्थापनमाथि उठाइएका प्रश्नलाई बेवास्ता गर्ने अवस्था नरहेको देखिन्छ ।

दुर्गा भगवती पहिलो, कटहरिया अन्तिम

उही समीक्षामा दुर्गा भगवती गाउँपालिका लगातार दोस्रोपटक जिल्लामै पहिलाे भएको छ । एउटै जिल्लाका १८ स्थानीय तहमध्ये एक स्थानीय तह पहिलो र अर्को अन्तिम स्थानमा पर्नुले स्थानीय तहअनुसार स्वास्थ्य कार्यक्रमको कार्यान्वयन, सेवा प्रवाह र उपलब्धिमा ठूलो अन्तर रहेको संकेत गर्छ । त्यसैले कटहरियाको स्वास्थ्य अवस्थाबारे निष्कर्ष निकाल्दा सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा भिडियोभन्दा स्वास्थ्य कार्यक्रमको समग्र कार्यसम्पादन, मातृ तथा बाल स्वास्थ्य सेवा, जनशक्ति, औषधि उपलब्धता, बजेट कार्यान्वयन र स्वास्थ्य सूचक बढी अर्थपूर्ण आधार बन्न सक्छन् ।

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

मनास्लु हिमालमा हिउँपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइयो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि