काठमाडौ।जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुनियाँका कुनै पनि शक्तिले अब थारुलाई गुलाम बनाउन नसक्ने बताएका छन् । थरुहट थारुवान राष्ट्रिय मोर्चाको दुई दिने राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अत्याचार भएका कारण थारु समुदाय आगो नभइ ज्वाला बनिसकेको उल्लेख गर्दै त्यही ज्वालाले टीकापुर विद्रोह निम्त्याएको बताए ।
अधिकारका लागि यो देशमा अन्तिम लडाई लड्न बाँकी रहेको बताउँदै थारु समुदायले अधिकार माग्दा अपराधको बिल्ला भिराईन्छ भने अन्तिम विकल्प विद्रोह नै रहेको महतोको तर्क थियो ।
अधिकार र पहिचानका लागि आन्दोलन गर्ने रेशमलाल चौधरी र लक्ष्मण थारुलाई कारागार बसाउनु अन्याय हो भन्दै उनले प्रतिप्रश्न गरेका छन्, ‘अरे, थारु समुदायले पहिचान र अधिकार माग्नु अपराध हो भने १७ हजार मान्छे मारेका प्रचण्डले किन जेल बस्नु पर्दैन ? १७ हजार मान्छे मारेका प्रचण्ड प्रधानमन्त्री बन्ने, यो कस्तो व्यवस्था हो, कस्तो संविधान हो ?’
सम्मेलनमा लक्ष्मण थारुको अडियो सम्बोधन
सम्मेलन उद्घाटन समारोहमा थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अडियो रेकर्ड मार्फत सम्बोधन गरेका छन् । संयोजक थारुलाई उच्चअदालत दिपायलले आजिवन कैदको फैसला सुनाएपछि उनी अहिले भुमिगत रहेका छन् ।
उनको अडियो रेकर्ड मार्फत गरिएको सम्बोधनमा थारुहरु अब अधिकारका लागि बिद्रोहको तयारीमा रहेको उल्लेख गरेका छन् । अडियोमा उनले भनेका छन्, ‘थारुहरु अपराधी होइनन्, जति पटकभन्दा पनि यो राज्य मान्दैन, अब अधिकार प्राप्तीको लागि बिद्रोहको विकल्प छैन, यो सम्मेलन त्यसैको सुरुवात हो ।’
उनले थपेका छन्, ‘यो सम्मेलनमा भौतिकरुपमा उपस्थित हुने परिस्थिती छैन, भौतिकरुपमा उपस्थित हुन नसकेपनि सम्मेलन सफलताको कामना, सम्मेलनले महत्वपुर्ण निर्णय गर्नेछ ।’ उनले अडियो सम्बोधन मै सबैलाई टीकापुर घटनाका झुटा मुद्धा खारेज गर, राजबन्दी रिहा गर भन्दै नारा लगाउन सबैलाई आग्रह समेत गरे । उनको सम्बोधन संगै सम्मेलनमा सहभागि सबैले नारा लगाएका थिए ।
यस्तै थरुहट मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले उच्च अदालत दिपायलले नश्लीयपूर्ण, पूर्वाग्राही, गद फैसला सुनाएर जन्मकैदको फैलाला सुनाएको बताए । उनले अडियो रेकर्डमा भनेका छन्, ‘हामी थारुहरुले लेख्दा, बोल्दा, संगठित भेला हुँदा र सम्मेलन गर्दा यो देशका शासकहरुले आतंककारी, ज्यानमारा भन्छन्, हामीलाई लुटेरा डाँकाको व्यवहार गर्छन् । बोल्नबाट वञ्चित गर्छन् । तर अब कुनैपनि हालतमा रोकिँदैन । यो हाम्रो भेला संगठन, हाम्रो एकता, हाम्रो अभियान र हाम्रो आन्दोलन दासता विरुद्धको विद्रोह कसैले रोकेर पनि रोकिने छैन । प्रशासनको धाक धम्की त्रास हामीमाथिको झुठा मुद्धा, सांसद रेशम चौधरीमाथिको जन्मकैदको फैसला हामी मान्न तयार छैनौँ ।’
कार्यक्रममा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितले टीकापुर घटना राजनीतिक घटना भएपनि थारुमाथि दमन गरी राज्यले निर्दोष थारुलाई पक्राउ गरी मुद्दा लगाएको टिप्पणी गरे । तत्कालिन सरकारले टीकापुर घटना राजनीतिक आन्दोलन हो भन्दै मुद्दा खारेज गर्ने निर्णय गरेपनि कार्यान्वयनमा नआएको बताए । यस्तै मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले वर्तमान संविधानले थारुमाथि विभेद कायमै राखेकाले संशोधन नगरेसम्म चुप नबस्ने बताए । उनले सदियौंदेखि राज्यबाट विभेदमा परेका थारु समुदायले अब विभेदको पर्खाल भत्काएरै छाड्ने चेतावनी दिए ।
कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन, नेपाल आदिवासी जनजातिका पूर्व महासचिव आङकाजी शेर्पा, मगरात संघर्ष समितिका संयोजक राम मगर लगायतले सम्बोधन गरेका थिएका थिए ।
फरकधार बाट














Discussion about this post