राजविराज,फागुन १६ गते।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ डलवास्थित कोशी नदीमा आज एक वेवारिसे शव फेला परेको छ ।नदीमा बगेर आएको करिब ३२ वर्षीय पुरुषको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए ।
मृतककाे पहिचान हुन नसकेपनि उनकाे मानसिक सन्तुलन ठिक नरहेकाे तथा उनकाे साथबाट एउटा अाइडि कार्ड समेत फेला परेकाे तथा साे घटनाकाे सम्बन्धमा अावश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनका अनुसार अनुहार र शरीरको अन्य केही भाग गलिसकेको छ । ‘शवको प्रकृति हेर्दा अनुहार र अन्य भागहरु गलिसकेको छ’ उनले भने–‘हालसम्म पहिचान हुन सकेको छैन् भने शव पोष्टमार्टमकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइकेका छौं ।’शवबारे थप अनुसन्धान भइरहेको एसपी धमलाले बताए ।














Discussion about this post