जनकपुरधाम,फागुन १६ गते। धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा आइतबार मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु भएको छ । फेला परेका छन् ।जनकपुरधाम–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ७ स्थित सडक छेउको नालामा युवक मृत फेला परेका हुन् ।
मृत फेला परेका युवक स्थानीय गर्भु महराका २५ वर्षीय छोरा ललन महरा रहेको स्थानीयले बताएका छन् ।उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको तथा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post