nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २२, २०८३, ५:४५ मध्यान्ह
दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

धनुषा/भदौ २२ गते। दलित बालबालिकाको शिक्षा, अधिकार तथा सामाजिक सुरक्षाका सवालमा राज्यका निकाय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

दलित महिला सङ्घ धनुषाले जनकपुरधाममा आयोजना गरेको ‘दलित बालबालिकाका सवाल र सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा सहभागी वक्ताहरूले दलित बालबालिकालाई विद्यालयमा नियमित गराउन, विद्यालयमा हुने विभेद अन्त्य गर्न तथा समान अवसर उपलब्ध गराउन स्थानीय तहदेखि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले कुनै पनि विद्यार्थी विद्यालयबाहिर रहन नहुने बताए। उनले उपमहानगरपालिकाका तीन वटा वडामा अनौपचारिक शिक्षा सञ्चालन भइरहेको जानकारी दिँदै विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन स्थानीय तहले पहल गरिरहेको बताए।

नगरप्रमुख साहका अनुसार जनकपुरधाममा अझै करिब ६ सय बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क छ। उनीहरूलाई विद्यालयमा ल्याउन विशेष पहल भइरहेको उनले जानकारी दिए।

उज्यालो समाज नेपालका निर्देशक अमित मिश्राले दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन केवल विद्यालय खोल्नु मात्र पर्याप्त नभई उनीहरूलाई विद्यालयमा टिकाइराख्ने वातावरण निर्माण गर्नुपर्ने बताए। उनले परिवार, विद्यालय, समुदाय तथा स्थानीय सरकारबीच समन्वय हुन नसक्दा बालबालिकाले शिक्षा, अधिकार र सामाजिक सुरक्षाका अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहेको उल्लेख गरे।

मिश्राले दलित बालबालिकामाथि हुने विभेद अन्त्यसँगै अभिभावकलाई शिक्षाको महत्वबारे सचेत बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार बालबालिकालाई विद्यालयमा नियमित गराउने, विद्यालय छाड्ने अवस्था रोक्ने र उनीहरूको अधिकार सुनिश्चित गर्ने विषयमा सबै सरोकारवाला निकायले साझा जिम्मेवारीका रूपमा काम गर्न आवश्यक छ।

दलित महिला सङ्घ धनुषाका अध्यक्ष सरस्वती मण्डलले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएकाले बालबालिकालाई यसको सकारात्मक प्रयोगबारे सचेत गराउनुपर्ने बताइन्। उनले बालबालिकालाई पढाइतर्फ आकर्षित गर्न परिवार, विद्यालय र समुदायले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष रिंकु कुमारी साहले दलित बालबालिकालाई पहिचानका आधारमा नभई समान नागरिकका रूपमा हेर्ने सोचको विकास आवश्यक रहेको बताइन्।

आसमान नेपालकी सुजिता ठाकुरले दलित समुदायका बालबालिकामा विद्यालय छाड्ने प्रवृत्ति अझै रहेको बताउँदै यसको प्रमुख कारणमध्ये अभिभावकमा शिक्षाको महत्वबारे पर्याप्त जानकारी नहुनु र विद्यालयमा हुने विभेद रहेको बताइन्।

कार्यक्रममा बाल क्लबकी प्रतिनिधि पत्रिका कुमारी महरा र चाहतकुमारी दासले बालबालिकामाथि हुने हिंसा तथा विभेद अन्त्य गर्न सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए।

वक्ताहरूले दलित बालबालिकालाई शिक्षामा समान पहुँच, विद्यालयमा विभेदरहित वातावरण, सीपमूलक शिक्षा तथा बालअधिकारको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको धारणा राखेका थिए।

कार्यक्रममा माइती नेपाल धनुषाका पुरुषोत्तम यादव, उज्यालो समाज नेपालका निर्देशक अमित मिश्रा, आसमान नेपालकी सुजिता ठाकुर, मुक्ति नेपालका बिनोद महरा, जनकपुरधाम उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष रिंकु कुमारी साह, जिल्ला बाल सञ्जाल धनुषाका शिवकुमार सदा लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

‘मिर्जापुर: द मुभी’ को बक्स अफिसमा ऐतिहासिक कमाइ, कमायाे ८३ करोड पार

‘मिर्जापुर: द मुभी’ को बक्स अफिसमा ऐतिहासिक कमाइ, कमायाे ८३ करोड पार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि