nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आज नाग पञ्चमी, घर घरमा नाग टाँसेर पुजाआराधाना गरिदैँ

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ १, २०८३, १:१० मध्यान्ह
आज नाग पञ्चमी, घर घरमा नाग टाँसेर पुजाआराधाना गरिदैँ

काठमाडौं/भदौ १ गते। नागपञ्चमी वैदिक सनातन हिन्दु धर्मवलम्बीहरूको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। हरेक वर्ष श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन नागको पूजा आराधना गरी यो पर्व मनाइन्छ।

नेपालमा पनि विशेष पूजा हुने गरेको छ । नेपालका मुख्यतयाः काठमाडौं उपत्यकाका नागपोखरी, टौदह, नागदह, भक्तपुरको सिद्धपोखरी तथा देशभरका विभिन्न नागस्थान, कुवा र पोखरीहरूमा यस दिन भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ।

नागपञ्चमीको धार्मिक तथा सांस्कृतिक महत्त्वः

नागपञ्चमीका दिन घरको मूल ढोकामा नागको चित्र वा प्रतिमा टाँस्नाले घरमा चट्याङ्ग, अग्नि, र सर्पको भय नहुने तथा सुख समृद्धि कायम रहने जनविश्वास छ।यस दिन अष्टनागको पूजा गरिन्छ, जसअनुसार यस दिन मुख्य गरी आठ प्रकारका नागहरू अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खको विधिपूर्वक पूजा गरिन्छ।

प्रकृति र पर्यावरण सन्तुलनका लागि नागको निकै महत्व रहेको छ। हिन्दु संस्कृतिमा प्रकृति तथा जीवजन्तुको संरक्षणलाई जोड दिइन्छ। जैविक दृष्टिकोणले पनि सर्प र नागले कीटपतङ्ग नियन्त्रण गरी पर्यावरण र कृषि बाली रक्षा गर्न सहयोग गर्ने भएकाले नागपञ्चमी प्रकृतिको सम्मान गर्ने पर्व पनि हो।

पाैराणिक कथाः

पौराणिक कथा र धार्मिक प्रसङ्गमा यसको एउटा कथा जन्मेजयको सर्पयज्ञसँग रहेको छ । महाभारतका अनुसार राजा परीक्षितको तक्षक नागको डसाइबाट मृत्यु भए पछि उनका छोरा जन्मेजयले संसारका सम्पूर्ण सर्पहरू समाप्त पार्न महायज्ञ आयोजना गरेका थिए। आस्तिक मुनिले हस्तक्षेप गरी उक्त यज्ञ रोके पछि भस्म हुनबाट बचेका सर्पहरूले यसै पञ्चमीका दिन पुनर्जीवन र शान्ति पाएका थिए। अर्को कथामा भगवान शिव र विष्णुसँगको सम्बन्ध पनि रहेको छ । भगवान् शिवले नागलाई आफ्नो गलामा गहनाको रूपमा धारण गरेका छन् भने भगवान् विष्णु शेषनागको शय्यामा निवास गरेका छन । त्यसैले नागको पूजा गर्दा शिव विष्णु दुवै प्रसन्न हुने धार्मिक मान्यता छ।

पुजा  बिधिः

पूजा विधि सुरू हुनु अघि सफा सुग्घर गरिनु पर्दछ । बिहानै उठेर स्नान गरी घर र पूजास्थल सफा गरिन्छ।

त्यस पछि नागको चित्र टाँस्ने काम सुरू हुन्छ । घरको मूल ढोकाको माथि गाईको गोबर वा दुबोको सहायताले नागको चित्र टाँसिन्छ।

र त्यसपछि अर्पण गर्नका लागि तयार पारिएका सामग्रीहरूको पुजा गरिन्छ । नाग देवतालाई गाईको दूध, लाभा अर्थात भुटेको धान, दूबो, अक्षता, चन्दन, फूल, र मिठाई चढाएर पूजा गरिन्छ।

विशेष ध्यान दिनुपर्ने कुरा चाँही के हो भने नागलाई गुलियो र बेसार मन नपर्ने मान्यता रहेकाले पूजा गर्दा सावधानी अपनाउने गरिन्छ ।

नागपञ्चमीमा पूजा गर्दा के हुन्छ?

धार्मिक मान्यताअनुसार नागपञ्चमीका दिन नाग देवताको पूजा गर्नाले सर्प तथा अन्य भयबाट मुक्ति मिल्ने र जीवनमा आउने समस्या कम हुने विश्वास छ।

कतिपय ज्योतिषीय परम्परामा नाग देवताको पूजालाई कुण्डलीमा उल्लेख हुने ‘कालसर्प दोष’को शान्तिसँग समेत जोडिएको पाइन्छ। यद्यपि यो धार्मिक तथा ज्योतिषीय मान्यता हो, यसलाई वैज्ञानिक तथ्यका रूपमा लिन सकिँदैन। नाग देवताको पूजा गरे सुख, समृद्धि र उन्नति प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

 भविष्य पुराणमा पनि उल्लेख

नागपञ्चमीसँग सम्बन्धित कथाको उल्लेख भविष्य पुराणको परम्परामा पाइन्छ। कथाअनुसार सुमन्तु मुनिले राजा शतानिकलाई नागपञ्चमीको महत्वबारे बताएका थिए।
श्रावण शुक्ल पञ्चमीका दिन नागलोकमा विशेष उत्सव हुने भएकाले पृथ्वीलोकमा पनि नाग देवताको पूजा गर्ने परम्परा सुरु भएको धार्मिक विश्वास छ।

जनमेजयको नाग यज्ञसँग जोडिएको कथा

महाभारतमा राजा जनमेजयसँग सम्बन्धित नाग यज्ञको प्रसंग पनि नागपञ्चमीसँग जोडिन्छ। आफ्ना पिता परीक्षितको मृत्युको बदला लिन राजा जनमेजयले नागहरूको विनाश गर्ने उद्देश्यले नाग यज्ञ गराएका थिए।
यज्ञमा धेरै नागहरू अग्निमा पर्न थालेपछि आस्तिक मुनिले यज्ञ रोक्न पहल गरेको कथा महाभारतमा उल्लेख छ। आस्तिक मुनिको प्रयासपछि नागहरूको रक्षा भएको मानिन्छ। नागपञ्चमीको धार्मिक परम्परालाई नागप्रति सम्मान र संरक्षणको सन्देशसँग पनि जोडेर हेर्ने गरिन्छ।

नागपञ्चमीमा के गर्ने?

भगवान् शिवको मन्दिरमा गई शिवलिंग तथा नाग देवताको पूजा गर्ने।
शिवलिंगमा जल अर्पण गर्ने।

नाग देवताको प्रतिमामा फूल, अक्षता तथा टीका चढाउने।

दीप प्रज्वलन गरी भगवान् शिवको आरती गर्ने।
घरको मूल ढोकामा गोबरबाट नागको आकृति बनाउने परम्परा भए विधिपूर्वक पूजा गर्ने।

जीवित सर्प समातेर पूजा गर्ने वा दूध पिलाउने कार्य नगर्ने।

धार्मिक आस्थासँगै जीवजन्तुको सुरक्षालाई पनि ध्यान दिँदै नागपञ्चमी मनाउनु उपयुक्त हुने देखिन्छ।

Tags: समाचार

Discussion about this post

Related Posts

सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ

सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ

बरामद समानसहित पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

किशोर श्रेष्ठलाई थप ४ दिन म्याद थप

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट

भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान

भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिवाट मानार्थ प्रधानसेनापतिको दर्ज्यानी प्रदान

एनआरएनए ११औं एसिया प्यासिफिक सम्मेलन सम्पन्न ,२१ बुँदे घोषणापत्र जारी

एनआरएनए ११औं एसिया प्यासिफिक सम्मेलन सम्पन्न ,२१ बुँदे घोषणापत्र जारी

चीनले बनायो धुलोको कणभन्दा सानो चिप्स, पनडुब्बी सहजै पत्ता लगाउन सक्ने

चीनले बनायो धुलोको कणभन्दा सानो चिप्स, पनडुब्बी सहजै पत्ता लगाउन सक्ने

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदैँ

लुम्बिनीका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिदैँ

मेस्सीलाई सम्झाउने यी उत्कृष्ट १० खेल, जो सर्बकालिक छन्

मेस्सीलाई सम्झाउने यी उत्कृष्ट १० खेल, जो सर्बकालिक छन्

‘रामायण’ को निर्माता अभिनेता यशले खोले ‘राम नबनी रावण बन्नु’ को राज

‘रामायण’ को निर्माता अभिनेता यशले खोले ‘राम नबनी रावण बन्नु’ को राज

भारतीय सेनापतिले आज मानार्थ प्रधानसेनापतिका दर्ज्यानी ग्रहण गर्ने

भारतीय सेनापतिले आज मानार्थ प्रधानसेनापतिका दर्ज्यानी ग्रहण गर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि