सप्तरी,फागुन ५ गते।सप्तरीमा घरको छतमा खेल्दै गरेको अवस्थाबाट खसेर एक जना बालकको मृत्यु भएको छ।जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर-१० बनौला बस्ने खुशीलाल मण्डलका दुई वर्षीय छोरा दीपक मण्डलको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
छतमा खेल्ने क्रममा अचानक लडेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।
मृतक बालकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।














Discussion about this post