जनकपुरधाम/साउन २२ गते । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) जनकपुरको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवक्ता हेमबहादुर कार्की अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा राधाकान्त झा, सचिवमा दिलीप मण्डल तथा कोषाध्यक्षमा आरती कुमारी साह सर्वसम्मत रूपमा चयन भएका छन्।
त्यसैगरी कार्यसमितिका सदस्यहरूमा टुनेश्वर साह, किरण झा, दीपक पर्सैला, हेमन्त झा, सन्तोष झा र अञ्जली सिंह सर्वसम्मत रूपमा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष कार्कीसहित पदाधिकारी तथा सदस्यहरूले कानुन व्यवसायीहरूको पेशागत हकहितको संरक्षण, विधिको शासन सुदृढ बनाउन तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै संस्थालाई अझ प्रभावकारी, सक्रिय र परिणाममुखी बनाउँदै कानुनी क्षेत्रको विकासमा योगदान पुर्याउने उनीहरूको भनाइ छ।
नयाँ नेतृत्व चयनसँगै डिएलए जनकपुरका संस्थागत गतिविधि थप व्यवस्थित, प्रभावकारी र जनमुखी बन्ने अपेक्षा गरिएको छ। कानुन व्यवसायीहरूको साझा हित, पेशागत मर्यादा तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा नयाँ कार्यसमितिले उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।















Discussion about this post