nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

गिरिजानन्द साह गिरिजानन्द साह
असार ३२, २०८३, ५:५४ मध्यान्ह
७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

सञ्जय मिश्रा/रौतहट/असार ३२ गते। सरकारले उपलब्ध गराउने उखु अनुदान रकम प्रशासनिक ढिलासुस्तीका कारण जोखिममा परेपछि रौतहटका किसान आन्दोलनमा उत्रिएका छन्। करिब ७ करोड रुपैयाँ बराबरको अनुदान गुम्ने अवस्था सिर्जना भएको भन्दै उखु उत्पादक किसान संघले बुधबार साँझ गरुडा नगरपालिका–स्थित झाँझ पुलमा करिब चार घण्टा चक्काजाम गर्दै सरकार र प्रशासनको ध्यानाकर्षण गराएको हो।

आन्दोलनका क्रममा किसानहरूले टायर बालेर गौर–चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध गरेका थिए। चक्काजामका कारण उक्त सडकखण्डमा केही घण्टा सवारी आवागमन प्रभावित बनेको थियो।

सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरे पनि भुक्तानीका लागि आवश्यक सिफारिस असार मसान्तभित्र मन्त्रालयमा नपुग्दा रौतहटका ४ हजार ७० किसान अनुदानबाट वञ्चित हुने अवस्थामा पुगेका छन्।

उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोक कुमार यादवले अन्य जिल्लाका किसानले अनुदान पाइसके पनि रौतहटका किसान प्रशासनकै लापरबाहीका कारण अन्यायमा परेको बताए। उनका अनुसार जिल्लाका किसानले पाउनुपर्ने करिब ७ करोड रुपैयाँ बराबरको अनुदान अझै अनिश्चित बनेको छ।

‘सरकारले घोषणा गरेको सुविधा पाउनसमेत आन्दोलन गर्नुपर्ने अवस्था आएको छ,’ अध्यक्ष यादवले भने। किसानहरूले जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी तथा उखु किसान अनुदान सहजीकरण समितिका संयोजक जितेन्द्र यादवमाथि समयमै सिफारिस प्रक्रिया अघि नबढाएको आरोप लगाएका छन्। बुधबार नै किसानहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेर उनको राजीनामासमेत माग गरेको थियो।

यता प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भने सहजीकरण समितिबाट समयमै प्रक्रिया पूरा हुन नसक्दा समस्या उत्पन्न भएको स्वीकार गरेका छन्। मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको र किसानको अनुदान रकम सुनिश्चित गर्न पहल भइरहेको उनले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी भुसालले बिहीबार बिहान ११ बजेसम्म समस्या समाधानतर्फ ठोस प्रगति हुने आश्वासन दिएपछि बुधबार राति करिब १० बजे किसानहरूले चक्काजाम फिर्ता लिएका थिए।

यद्यपि, उखु उत्पादक किसान संघले प्रशासनको प्रतिबद्धता कार्यान्वयन नभए आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिएको छ। अध्यक्ष यादवका अनुसार बिहीबार दिउँसोसम्म अनुदान रकम सुनिश्चित नभए पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिनेछ भने त्यसपछि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछन्।

किसानहरूले प्रशासनिक ढिलासुस्तीका कारण आफूहरूले पाउनुपर्ने सरकारी अनुदान नै गुम्ने अवस्था आएको भन्दै तत्काल सिफारिस प्रक्रिया पूरा गरी अनुदान रकम भुक्तानीको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

 

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

प्रियंका चोपडाका पति लुकीलुकी हेर्ने र पढने गर्छन बलिउडका गसिप

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

निःशुल्क स्वास्थ्य पोर्टलबाट दुई हजारभन्दा बढीले पाए उपचार सेवा

शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल

शैक्षिक प्रणाली सुधार गर्न दीर्घकालीन योजनासहित ठोस कदम चालिएको छ : मन्त्री पोखरेल

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!