धनुषा/असार ३० गते । सशस्त्र प्रहरी बल धनुषाले अवैध रूपमा भित्र्याइएको लाखौं रुपैयाँ बराबरको काजु र चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।
मंगलबार गस्ती टोलीले बा.प्र.०६–००१ख–०३६४ नम्बरको ट्रकबाट ३६ बोरामा रहेको १ हजार ८० किलो काजु र ४२० बोरा नेपाली चिनी बरामद गरेको हो ।
भन्सार कार्यालय जनकपुरधामका प्रमुख मानबहादुर पौडेलका अनुसार बरामद गरिएको काजुको मूल्य १० लाख ८० हजार रुपैयाँ रहेको छ । बरामद गरिएको नेपाली चिनीको विषयमा समेत अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
बरामद गरिएको सामान र ट्रकसहित कुल ४५ लाख ८० हजार रुपैयाँ बराबरको मूल्यांकन गरिएको छ । ट्रक चालकलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।
















Discussion about this post