असार ३० गते । रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मंगलबार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार रोक्का रहेको जग्गा फुकुवा गराइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सिंहलाई गत चैत १७ गते रंगेहात पक्राउ गरिएको थियो ।
अनुसन्धानपछि आयोगले वैशाख २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले अख्तियारले पेस गरेका प्रमाणका आधारमा सिंहलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।















Discussion about this post