nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गरुडा–कटहरिया सडक बेहाल, वर्षायाममा आवागमन नै ठप्प हुने जोखिम

गिरिजानन्द साह गिरिजानन्द साह
असार २५, २०८३, ६:५५ मध्यान्ह
गरुडा–कटहरिया सडक बेहाल, वर्षायाममा आवागमन नै ठप्प हुने जोखिम

सञ्जय मिश्रा/रौतहट/असार २५ गते। रौतहटको गरुडा–कटहरिया सडक वर्षौंदेखि जीर्ण बन्दै गएपछि यस क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण, विद्यार्थी, किसान, व्यापारी तथा बिरामीले दैनिक सास्ती भोगिरहेका छन्।

सडकको अवस्था झन् बिग्रिँदै जाँदा स्थानीयवासीले तत्काल मर्मत–सम्भार नगरे वर्षायाममा सडक पूर्ण रूपमा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्।

स्थानीयका अनुसार सडकका विभिन्न स्थानमा दुईदेखि तीन फिटसम्म गहिरा खाल्डाखुल्डी बनेका छन्। वर्षा भएपछि ती खाल्डामा पानी र हिलो भरिने भएकाले सवारी साधन फस्ने, दुर्घटना बढ्ने र यात्रुहरूले घण्टौँसम्म सास्ती खेप्नुपर्ने अवस्था रहेको छ।

सडकको अधिकांश कालोपत्रे उप्किएपछि सुक्खा मौसममा अत्यधिक धुलो उड्ने गरेको छ। धुलोका कारण सडक किनारका बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर परेको, घर–पसल धुलाम्मे हुने तथा वातावरण प्रदूषित बन्दै गएको स्थानीयको गुनासो छ।

झाँझपुल–कटहरिया–बिर्ती सडक रौतहटको सदरमुकाम गौर तथा सर्लाही जोड्ने प्रमुख सडकमध्ये एक हो। दैनिक हजारौँ यात्रु र सयौँ सवारी साधन सञ्चालन हुने यस सडकको दयनीय अवस्थाका कारण छोटो दूरी पार गर्नसमेत निकै समय लाग्ने गरेको यात्रुहरू बताउँछन्।

व्यवसायीहरूका अनुसार बिग्रिएको सडकका कारण ढुवानी खर्च बढेको, सवारी साधन बारम्बार बिग्रिने तथा व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको छ। किसानहरूले पनि कृषि उपज समयमै बजारसम्म पुर्‍याउन नसक्दा आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताएका छन्।

विशेषगरी मोटरसाइकल चालकहरू सबैभन्दा बढी जोखिममा रहेको स्थानीयको भनाइ छ। वर्षा हुँदा खाल्डाखुल्डी पानीले ढाकिने भएकाले दुर्घटनाको सम्भावना झन् बढ्ने गरेको उनीहरूको अनुभव छ। एम्बुलेन्स, विद्यालय बस तथा सार्वजनिक यातायातसमेत सहज रूपमा सञ्चालन हुन नसक्दा स्थानीय जनजीवन प्रभावित बनेको छ।

कटहरिया नगरपालिका–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले झाँझपुल–कटहरिया–बिर्ती सडक हजारौँ नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको भन्दै तत्काल मर्मत आवश्यक रहेको बताए।

उनले भने, “वर्षौंदेखि सडक जीर्ण अवस्थामा रहे पनि सम्बन्धित निकायबाट अपेक्षित ध्यान दिइएको छैन। वर्षायाममा हिलो, पानी र खाल्डाखुल्डीका कारण यात्रु, विद्यार्थी, बिरामी तथा किसान सबैभन्दा बढी समस्यामा परेका छन्। सुरक्षित र सहज आवागमनका लागि तत्काल मर्मत–सम्भार गरिनुपर्छ।”

स्थानीयवासीले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि ठोस पहल नभएको गुनासो गरेका छन्। उनीहरूले वर्षायामअघि नै खाल्डाखुल्डी पुर्ने, प्रभावकारी पानी निकासको व्यवस्था गर्ने र दीर्घकालीन रूपमा सडक स्तरोन्नति गरी गुणस्तरीय कालोपत्रे निर्माण गर्न माग गरेका छन्।

समयमै मर्मत कार्य सुरु नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत स्थानीयले दिएका छन्।

 

Tags: रौतहट खबर

Discussion about this post

Related Posts

जनकपुरधामबाट काठमाडौं पैदल मार्चमा निस्कीए मिटरब्याज पीडित

जनकपुरधामबाट काठमाडौं पैदल मार्चमा निस्कीए मिटरब्याज पीडित

मधेशमा तीन वर्षमा मानव बेचबिखनका ११८ मुद्दा दर्ता

मधेशमा तीन वर्षमा मानव बेचबिखनका ११८ मुद्दा दर्ता

सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली

सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न: कोष सञ्चालन कार्यविधि स्वीकृत

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न: कोष सञ्चालन कार्यविधि स्वीकृत

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

धनुषामा एक युवती को लाश फेला

रौतहटमा नहरमा युवतीको शव फेला

अमेरिकी हमलामा पर्दा १४ इरानीको मृत्यु

अमेरिकी हमलामा पर्दा १४ इरानीको मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!