मोरङ/असार २३ गते। आफ्नै भाउजुको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन । आफ्नै भाउजु २० वर्षीय सिमा राजवंशीको हत्या गरेको अभियोगमा मोरङमा एकजना पक्राउ परेका हुन ।
ग्रामथान गाउँपालिका–६ झोवाबनि बस्ने २१ बर्षीय सौचन खवासलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । सौचनले धारिलो हतियार खुकुरी प्रहार गर्दा सिमाको घटनास्थलमै मृत्यु भएको थियो । सो खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैँचा र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले सौचनलाई पक्राउ गरेको हो ।
साथै, सौचनले खुकुरी प्रहार गर्दा घाइते भएका १ जनालाई थप उपचारको लागि बिराट टिचिङ अस्पताल विराटनगरमा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















Discussion about this post