काठमाडौं/असार २३ गते । मल्टीपर्पस फाइनान्स लिमिटेड ले ३० हजार ५६७ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले मंगलबारदेखि उक्त सेयर बिक्रीमा राख्दै विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकताका आधारमा खरिदको अवसर दिएको हो।
कम्पनीका अनुसार हालका संस्थापक सेयरधनीहरूले मात्रै बिक्रीमा राखिएको सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।
आवेदनमा आफूले खरिद गर्न चाहेको सेयरको संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ।
निर्धारित अवधिसम्म विद्यमान संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन प्राप्त नभएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्रीका लागि खुला गरिने कम्पनीले जानकारी दिएको छ।















Discussion about this post