जनकपुरधाम, माघ २३ गते ।प्रदेश २ सरकारले मिडिया सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई नियुक्त गरेको छ । आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा शुक्रबार उनीहरुलाई नियुक्त गरेको हो ।
सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरी भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।
शुक्रबार बिहान बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको उनले बताए ।
नियुक्त भएका श्यामसुन्दर र शिबहरी सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा जिल्ला निवासी हुन् ।





















Discussion about this post