काठमाडौं/असार २२ गते । श्रम संस्कृति पार्टीले संविधान संशोधनको नाममा सङ्घीयतामा छेडखानी गरेमा बिद्रोह हुने चेतावनी दिएका छन ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले संविधान संशोधनका नाममा प्रदेश खारेजीको प्रयास गरेको भन्दै लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतामाथि छेडखानी नगर्न सरकारलाई चेतावनी दिएका छन ।
संविधान संशोधन गर्ने भए अहिलेको संविधानमा रहेको महिलाको ३३ प्रतिशत अनिवार्य रहेको व्यवस्था ५० प्रतिशत पुर्याउनु पर्ने उनको तर्क थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय भुमी मिचेको छ’ भन्ने बिबादस्पद अभिव्यक्ति कहिले सच्चिन्छ ? भन्ने प्रश्न श्रम संस्कृति पार्टीले छाडेको छैन, उसको बिरोध कायमै छ ।















Discussion about this post