जनकपुरधाम/असार २१ गते। समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आइतबार निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ।
लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गार्गी, लियो क्लब अफ जनकपुरधाम तथा लियो क्लब अफ क्यापिटलको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७० जनाको रक्तचाप तथा मधुमेह परीक्षण गरिएको आयोजकले जनाएको छ।
शिविरमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षणसँगै स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श पनि प्राप्त गरेका थिए। नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी गराउँदै समुदायमा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाहरूले बताएका छन्।
आयोजकका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा जनहितका यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।















Discussion about this post