चितवन, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा ५ वटा प्रतिवेदन पेस गरिने भएको छ । भोली देखी सुरू चितवनमा सुरू हुने प्रथम महाधिवेसनमा सभापति रवि लामिछानेसहितका ५ वटा प्रतिवेदन पेश हुन लागेको हो ।
रास्वपा महामन्त्री भूपदेव शाहका अनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन भने सांगठनिक प्रतिवेदन महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले प्रस्तुत गर्नेछन् ।
उता, लेखा प्रतिवेदन कोषाध्यक्ष लिमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोग भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोग प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यपालिका रहेको महामन्त्री शाहले जानकारी दिए ।
उनका अनुसार असार ७–९ मा चितवनमा हुने पहिलो महाधिवेशनमा २५ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ भने जसमध्ये करिब २ सय जना विभिन्न देशमा रहेका प्रतिनिधि सहभागी हुदैँछन् ।
उनका अनुसार सभापति लामिछानेले औपचारिक रूपमा उदघाटन गर्ने महाधिवेसनका लागि कम्तिमा संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अतिथिको रूपमा महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको छ ।





















Discussion about this post