nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

गिरिजानन्द साह गिरिजानन्द साह
असार ४, २०८३, ५:०३ मध्यान्ह
सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

काठमाडौं/असार ४ गते। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सहरी तथा बजार क्षेत्रलाई समेट्ने ‘सघन सहरी कार्यक्रम’ अन्तर्गत करिब ३०० सहरका बजार व्यवस्थित गरिने बताएका छन् । ‘विनियोजन विधेयक २०८३’ को सम्बन्धमा आज प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले उक्त कार्यक्रमका लागि तीन वर्षे कार्ययोजनासहित रु ८८ अर्ब ३३ करोड रकम विनियोजन गरिएको जानकारी दिए ।

मन्त्री लम्सालले खरिद प्रक्रियामा लाग्ने १८ देखि २१ महिनाको अवधिलाई छोट्याएर छ-सात महिनामा झार्ने गरी बजेट व्यवस्था गरिएको जानकारी दिए । तीन वर्षको लक्ष्यसहितको समयसीमा भएकाले कार्यक्रम धेरै देखिएको भन्दै वार्षिक बजेट कम देखिएको उनले उल्लेख गरे ।

मन्त्री लम्सालले रातो किताबमा रकम कम देखिए पनि तीन वर्षे बजेटको कुल रकम साविकको भौतिकतर्फ करिब रु पाँच खर्ब तथा साविकको सहरीतर्फ रु छ खर्ब ५० अर्ब योजना गरिएको स्पष्ट पारे । उनका अनुसार बजेट किताबमा रु २८६ अर्ब देखिए पनि कुल करिब रु ११ खर्ब ५० अर्ब तीन वर्ष कार्ययोजनासहित ठेक्का खोलिने छ ।

सडक सुरक्षामा ध्यान नदिएको/ग्रामीण क्षेत्रका सडक तथा पुल समेट्न नसकेको गुनासोका सम्बन्धमा उत्तर दिँदै मन्त्री लम्सालले सडक सुरक्षा तथा सजावट र सुविधाजन्य संरचनालाई उच्च महत्व दिइएको जानकारी दिए । “यसका लागि तीन वर्षे योजनासहित रु चार अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ”, उनले भने, “जिल्ला सदरमुकाम जोड्ने एक लेनको सडकलाई तीन वर्षभित्र दुई लेनमा स्तरोन्नति गरिने छ, पहिचान भएका सबै पहिरो व्यवस्थापन सम्पन्न गरिनेछ । आगामी दिनमा स्तरोन्नति हुने सबै राजमार्गमा अण्डरपास, ओभरपास र फ्लाइओभरसहितको संरचना निर्माण गरिनेछ ।”

मन्त्री लम्सालका अनुसार सडक सुरक्षालाई थप सुदृढ बनाउन चालु ठेक्कामार्फत वा छुट्टै व्यवस्थामार्फत सडक सुरक्षा अवरोधक (क्र्यास ब्यारियर) र सडक चिन्हसङ्केत, ट्राफिक सङ्केतचिन्हलगायत सडक सुरक्षा अवयव स्थापनाको व्यवस्था गरिएको छ । “खोला-खोल्सी आदिमा सबैभन्दा बढी दुर्घटना हुने भएकाले तीन हजार वटा स्थानीय पुल निर्माण गर्ने लक्ष्यसहित रु ८१ अर्ब २२ करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ”, उनले भने ।

सडक मर्मतले प्राथमिकता नपाएको सम्बन्धमा आएका प्रश्नको उत्तर दिँदै मन्त्री लम्सालले सडक मर्मतका लागि तीन वटा बजेट शीर्षकमा रकम विनियोजन गरिएको जानकारी दिए । “स्थानीय पूर्वाधार विभागमार्फत रु १२ अर्ब १९ करोड विनियोजन भएको छ । सहरी विकास तथा भवन निर्माण विभागमार्फत स्थानीय तहगत रूपमा रु एक खर्ब ७४ करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ”, उनले भने ।

बैठकमा प्रदेश केन्द्र, जिल्ला, स्थानीय तहको केन्द्र र वडा केन्द्र जोड्ने सडकका लागि बजेटमा आउनुपर्ने सांसदहरूको जिज्ञासामा जवाफ दिँदै मन्त्री लम्सालले भौतिक पूर्वाधार आवश्यक रहेका दुर्गम क्षेत्रमा पूर्वाधार निर्माणका लागि बजेट अभाव रहेको भन्ने विषयमा स्पष्ट जवाफ दिएका छन् ।

“सबै पालिकाका केन्द्र जोड्ने गरी तीन वर्षमा दुई हजार ८०० किमी सडकका लागि रु ६३ अर्ब रकम तीन वर्ष कार्ययोजना व्यवस्था गरिएको छ”, उनले भने, “सबै वडा केन्द्र जोड्ने गरी रु २८ अर्ब ५० करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ ।” उनका अनुसार बस्ती विकास कार्यक्रमअन्तर्गत रु ५७ अर्ब ७१ करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ ।

“वैकल्पिक सहायक राजमार्गमा रु ४४ अर्ब ४० करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ”, तीन वटा सडक, तीन वटा पुल माग गरिएको तर बजेटमा समावेश नगरिएको भन्ने जिज्ञासाको जवाफमा मन्त्री लम्सालले भने, “निर्वाचन क्षेत्र रणनीतिक सडक बजेट रु २६ अर्ब चार करोड रकम तीन वर्ष कार्ययोजनासहित व्यवस्था गरिएको छ ।”

उनका अनुसार यी बाहेक मापदण्डका आधारमा कृषि सडकका लागि रु १० अर्ब ५० करोड रकम तीन वर्ष, स्थानीय पर्यटकीय सडकका लागि रु १० अर्ब ५० करोड रकम तीन वर्ष कार्ययोजना व्यवस्था गरिएको छ । मन्त्री लम्सालले औद्योगिक सडकका लागि रु एक अर्ब ५० करोड रकम तीन वर्ष कार्ययोजना व्यवस्था गरिएको जानकारी दिए ।

काठमाडाैं उपत्यका लक्षित धुलोरहित काठमाडाैं उपत्यका कार्यक्रमका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणका लागि रु १९ अर्ब ४८ करोड रकम तीन वर्षे कार्ययोजनाअन्तर्गत व्यवस्था गरिएको उनले बताए ।

“देशको आर्थिक अवस्था उकास्न पर्यटकीय तथा व्यापारिक राजमार्गमाः रानी-विराटनगर-किमाथाङ्का, वीरगञ्ज-रसुवागडी, भैरहवा-कोरोला, कोइलाबास-डोल्पा, जमुनाह-सिमिकोट, गौरीफन्टा-बढीमालिका पूर्वपश्चिम पर्यटकीय राजमार्ग, (अपि-नाम्पा-पाथीभरा) तीन हजार किमी रहेका छन् । जसका लागि रु ६०० अर्ब लगानी आवश्यक पर्दछ”, मन्त्री लम्सालले भन्नुभयो, “दुई घण्टामा पोखरा पुग्ने गरी बुटवल-पोखरा द्रुतमार्ग निर्माण तथा काठमाडौँ-पोखरा द्रुतमार्गको अध्ययन यसै वर्ष सम्पन्न गरिनेछ ।”

तीन वर्षमा ६५ प्रतिशत जनसङ्ख्यालाई र पाँच वर्षमा ९० प्रतिशत जनसङ्ख्यालाई शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्दै छुटेका र अति आवश्यक आयोजनाका लागि १५ वटा शाखा कार्यालयका लागि कम्तिमा रु १० करोडका दरले बजेट पठाइएको मन्त्री लम्सालले जानकारी दिए । निर्माण भइसकेका सबै ओभरहेड ट्याङ्कीको पाइप बिछ्याउने काम यसै वर्ष सम्पन्न गरिने उनले बताए ।

आगामी तीन वर्षमा १० वटा फुटबल रङ्गशाला (आठ हजार क्षमताका) निर्माण गर्ने लक्ष्य रहेको मन्त्री लम्सालले जानकारी दिए । जसका लागि रु पाँच अर्ब बजेट विनियोजन गरिएको उनले जानकारी दिए । “आगामी तीन वर्षमा आठ हजार क्षमताका आठ वटा क्रिकेट रङ्गशाला निर्माण गरिने छ । यसका लागि रु चार अर्ब बजेट छुट्याइएको छ”, मन्त्री लम्सालले भने, “आगामी तीन वर्षमा दुई हजार क्षमताका सात वटा कभर्ड हल निर्माणका लागि रु तीन अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।”

 

Discussion about this post

Related Posts

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!