nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०८३, ९:३१ मध्यान्ह
मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी जनकपुरधाममा सम्पन्न

धनुषा/असार २ गते । मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा सम्बन्धी समीक्षा गोष्ठी मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको आयोजनामा तथा टीपीओ नेपालको समन्वयमा आयोजित गोष्ठी स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो।

गोष्ठीको उद्घाटन गर्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र प्रसाद साहले समुन्नत र सक्षम समाज निर्माणका लागि स्वस्थ तथा योग्य नागरिक आवश्यक रहेको बताउँदै मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। उनले मधेश प्रदेशलाई सही नेतृत्व र विकासको दिशामा अघि बढाउन नागरिकको मानसिक अवस्था सुदृढ हुनु अत्यन्त आवश्यक रहेको बताए।

मन्त्री साहले व्यक्तिको मानसिक स्वास्थ्य र शिक्षा–दीक्षाले समाज तथा राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरे। उनले विश्वका विकसित मुलुकहरूले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका बेला नेपाल, विशेषगरी मधेश प्रदेश, अझै पनि मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीबाट गुज्रिरहेको बताए। यस्ता समस्याको समाधानका लागि प्रदेश सरकार अग्रणी भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो।

समीक्षा गोष्ठीमा मधेश प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवाको वर्तमान अवस्था, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो। कार्यक्रममा मानसिक स्वास्थ्य सेवा विस्तार, पहुँच अभिवृद्धि तथा समुदायस्तरमा जनचेतना बढाउने विषयमा समेत छलफल भएको थियो।

आठवटै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. प्रमोद यादवले मानसिक स्वास्थ्य क्षेत्रको सुधारका लागि ठोस नीति निर्माण आवश्यक रहेको बताए। उनले संवेदनशील र गम्भीर विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सर्वप्रथम त्यसबारे गहिरो बुझाइ विकास गर्नुपर्ने, त्यसपछि संवैधानिक तथा कानुनी व्यवस्था सुनिश्चित गरी नीतिगत सुधार र कार्ययोजनामार्फत कार्यान्वयनमा लैजानुपर्ने धारणा व्यक्त गरे।

डा. यादवले स्पष्ट नीति, योजना र प्रभावकारी कार्यान्वयनमार्फत मानसिक स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरू क्रमशः समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक सरोजचन्द्र न्यौपानेले मानसिक स्वास्थ्यबारे समाजमा अझै स्पष्ट बुझाइको अभाव रहेको उल्लेख गर्दै यही कारण धेरै समस्या उत्पन्न भइरहेको बताए। उनले मानसिक स्वास्थ्यसम्बन्धी भ्रम, संकोच र गलत धारणाहरू हटाउन व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। आम नागरिक सचेत भए मानसिक स्वास्थ्यसँग सम्बन्धित धेरै समस्या स्वतः न्यूनीकरण हुँदै जाने उनको भनाइ थियो।

गोष्ठीमा एमएसपी कार्यक्रमको प्रगति, उपलब्धि तथा आगामी योजनाबारे समेत प्रस्तुतीकरण गरिएको थियो। प्रस्तुतिमा समुदायस्तरमा मानसिक स्वास्थ्य सेवा विस्तार, मनोसामाजिक परामर्श सेवाको पहुँच वृद्धि तथा स्थानीय तहसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जानकारी गराइएको थियो।

सहभागीहरूले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा स्थापित गर्दै नीति, कार्यक्रम र बजेटमार्फत यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

असुरक्षित डिजिटल बैंकिङ, ह्याकरले गरे नबिल बैंकको खाताबाट ७० हजार ट्रान्सफर

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

आज कोशी, बागमती र मधेससहितका प्रदेशमा भारी वर्षाको सम्भावना

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

दुधमती संवाद : अभियानदेखि नीतिसम्म

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

जनकपुरधाममा ई–लाईब्रेरी सञ्चालन सम्बन्धी लायन्स क्लब र मैथिली विकास कोषबीच सम्झौता

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

मधेश सरकारको भ्रष्टाचारमा नयाँ नीति : तीन दिनकै भ्रमणमा बिल बिना नै एक महिनाको तलब

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिसाब नमिल्दा रौतहटका १२ पालिकाको खाता रोकियो

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ: मन्त्री श्रेष्ठ

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, ४ लाख ८५ हजारलाई दिइने

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

कंगोमा इबोला भाइरसविरुद्ध स्वास्थ्यकर्मीलाई खोप लगाउन सुरु

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

नेपाली कांग्रेसको वडा अधिवेशन आज पनि जारी रहने, ७३ जिल्लामा सम्पन्न

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि