सञ्जय मिश्रा/रौतहट/१ असार । रौतहट प्रहरीले मोटरसाइकलमा गाँजा बोकेर ओसारपसार गर्दै गरेका दुई युवालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरूको साथबाट ५ किलो ५५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले विशेष सूचनाको आधारमा गौर नगरपालिका–४ गढवामा चेकजाँच गर्ने क्रममा स्थानीय २६ वर्षीय राकेश कुमार कुशवाहा र २४ वर्षीय सुनिल कुमार बैठालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरू सवार बीआर ०५ एस ६६०९ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल खानतलासी गर्दा गाँजा फेला परेको थियो। साथै, एक थान मोबाइल फोन र उक्त मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ।
यस प्रकरणमा थप अनुसन्धानका लागि रौतहट जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति प्राप्त गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।





















Discussion about this post