काठमाडौं/जेठ ३१ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले बालेन शाह नेतृत्वमा रहेको सरकारको आयु लामो समयसम्म नहुने दाबी गरेका छन् । शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले त्यसको आयुलाई लिएर देशभर प्रश्न उठरिहेको उनको भनाइ छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता राणाले सरकारले समय दिन नपुग्दै गल्ती गरेकाले सरकारको नयाँ विकल्पको रुपमा आफूहरूले नयाँ पार्टी खोल्न लागेको बताए ।
नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उनको भनाइ छ । नेता राणाले मलमास परेकाले नयाँ पार्टीको नाम, झण्डासहितको कार्यक्रम केही पछि मात्रै सार्वजनिक गर्ने निर्णय गरिएको बताए ।
उनले भने, ‘यो बालेन सरकार पनि के होला, कसो होला रु भन्ने यो सय दिन नपुग्दै तमाम प्रश्न चिह्नहरू उठिसके । तमाम गल्तीहरू गरिसके । यो बालेन सरकार देशमा असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन् । त्यो विकल्प भनेको एमाले, कांग्रेस, माओवादी र राप्रपा पनि होइन । त्यो विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दुराष्ट्र ल्याउने पार्टीं त्यो विकल्प हुनेछ । त्यो विकल्प हाम्रो पार्टीले दिनेछ । हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ ।’ नेता राणाले नयाँ पार्टीले आगामी स्थानीय तहमा भाग लिने घोषणा पनि गरे ।





















Discussion about this post