nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २९, २०८३, ४:५२ मध्यान्ह
धरानको पिण्डेश्वर बाबाधाममा तीर्थालु र पर्यटकको आकर्षण बढ्दो

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित ऐतिहासिक तथा पौराणिक महत्वको अमृतपिण्ड पिण्डेश्वर बाबाधाम आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

मुलुकका विभिन्न जिल्लाका साथै छिमेकी भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ आउने तीर्थालुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको धरान उपमहानगरपालिका–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

चारैतिर बाक्लो जङ्गल, वरपीपलका रुख र चौताराले घेरिएको विजयपुर डाँडामा अवस्थित यो मन्दिर पूजापाठका साथै घुमफिर र मानसिक शान्तिका लागि पनि यात्री बाबाधाममा आउने गरेका उनी बताउँछन् । विशेषगरी तराईमा तापक्रम बढ्दै जाँदा यहाँको शीतल वातावरण र हरियालीको आनन्द लिन टाढाटाढाबाट आन्तरिक पर्यटकको आउने गरेका गरेका छन् । मन्दिर परिसरबाट धरान बजार, चारकोशे जङ्गल र इटहरी क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

यहाँ पूजापाठ गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । धरान–१६ की पवित्रा श्रेष्ठ पिण्डेश्वर बाबाधाममा मागेको कुरा पूरा हुने विश्वासका कारण आफू नियमित रूपमा त्यहाँ भोलेबाबाको आराधनाका निम्ति जानेगरेको बताउँछन् । हरियाली र शान्त वातावरणले पनि उनलाई पिण्डेश्वर क्षेत्रले आकर्षित गर्छ ।

विराटनगरबाट शिवाराधनाका निम्ति परिवारसहित आएकी सुनिता श्रेष्ठ यहाँ पूजा गरेपछि मन शान्त हुने र सोचेका काम पूरा हुने बताउँछन् ।

पुराणमा वर्णनभएअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष भगवान् शिवले आफ्नो कण्ठमा धारण गरेको थियो । त्यसपछि निस्किएको अमृत भगवान् विष्णुले देवताहरूलाई मात्र पान गराएको र बाँकी रहेको अमृतको पिण्ड फालिएको स्थानमा पिण्डेश्वर महादेवको उत्पत्ति भएको मानिन्छ । यहाँ अमृतपिण्डका रूपमा भगवान् शङ्करको पूजार्चना गरिन्छ ।

पिण्डेश्वर बाबाधाम समितिकी सदस्य रन्जिता कटुवालका अनुसार मन्दिरमा दैनिक सरदर एक हजारभन्दा बढी दर्शनार्थी आउने गरेका छन् । यो सङ्ख्या सोमबार र शनिबार भने तीन हजार नाघ्ने गरेको छ । पितृलाई प्रशन्न तुल्याउन श्राद्ध गर्नेहरूको पनि यहाँ उल्लेखनीय भीड हुने गरेको छ । साथै यहाँ आर्थिक गतिविधिले पनि गति लिएको छ ।

विगत २१ वर्षदेखि पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा खड्काले शनिबार र सोमबार आफूहरूलाई भ्याइनभ्याई हुने बताए । उनले दिङ्लाबाट रुद्राक्ष खरिद गरी आफैँ माला तथा डाली तयार गरेर बिक्री गर्दै आएको छ । हाल पिण्डेश्वर बाबाधाम परिसरमा त्यस्ता ३० वटा फूल पसल सञ्चालनमा छन् ।

बाहिरबाट हेर्दा पिण्डेश्वर मन्दिर साना देखिए पनि भित्र सानाठूला१० भन्दा बढी मन्दिर छन् । शिवालयको द्वारमा स्थापना गरिएको भीमकाय नन्दीको प्रतिमा, मन्दिरको पश्चिमतर्फ ऐतिहासिक पोखरी र इनार तथा त्यसको मध्यभागमा स्थापित देवी सरस्वतीको मूर्ति साँच्चै चित्ताकर्षक छ ।

विशेषगरी साउनको पहिलो र अन्तिमसोमबार, अष्टमी, कात्तिक पूर्णिमा, माघे सङ्क्रान्ति, महाशिवरात्रि तथा तीजजस्ता पर्वमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको छ । साउनमा खाली खुट्टा सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वरबाबालाई अर्पण गर्ने भक्तहरूको पनि भीड लाग्ने गरेको छ । यसरी महादेवलाई जल चढाउँदा पाप पखालिने र मनोकामना पूरा हुने उनीहरूको विश्वास छ ।

प्रत्येक छ वर्षमा चतरा धाममा लाग्ने ‘पिण्डेश्वर अर्धकुम्भ मेला’ तथा प्रत्येक १२ वर्षमा एक महिना सञ्चालन हुने ‘पिण्डेश्वर पूर्ण महाकुम्भ’ मा पनि असङ्ख्य भक्तजन यहाँ आउने गरेका छन् ।

 

Tags: समाचार

Discussion about this post

Related Posts

दलित सशक्तीकरण ऐन कार्यान्वयनमुखी बजेट ल्याइने : मन्त्री लखन दास

दलित सशक्तीकरण ऐन कार्यान्वयनमुखी बजेट ल्याइने : मन्त्री लखन दास

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

सिरहा–धनुषा जोड्ने कमला पुल निर्माणका लागि बजेट नछुट्याएको भन्दै प्रदेशसभा अगाडि प्रदर्शन

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित

आगामी एक हप्ताभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक हुने

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रियसभा : मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्

राष्ट्रियसभा : मिटरब्याजीपीडितले न्याय पाउन्, जनताले पूरै ग्यास प्रयोग गर्न पाउन्

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

‘सत्यको जित भयो, अब जनताको सेवामा केन्द्रित हुन्छु’ : शिवशंकर साह हिरा

जनकपुरधाम उपमहानगरपालिका वडा न.-३ को वडा कार्यालयमा युवाहरुले गरे तालाबन्दी

जनकपुरधाम उपमहानगरपालिका वडा न.-३ को वडा कार्यालयमा युवाहरुले गरे तालाबन्दी

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट निर्माण प्रक्रिया अगाडि बढ्यो

मधेश प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, बजेट निर्माण प्रक्रिया अगाडि बढ्यो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!