धनुषा/जेठ २६ गते। भारतको हरियाणामा रोजगारी दिने नाममा बन्धक बनाइएका १६ नेपालीको उद्धार गरेर स्वदेश फिर्ता ल्याउने प्रकृया शुरु गरिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका १६ नेपाली श्रमिकहरुलाई भारतीय प्रहरी, नयाँ दिल्लीस्थित नेपाली दूतावास, इलाका प्रहरी कार्यालय
बर्दिबास तथा आफन्त इण्डियाको समन्वयमा उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरुलाई छिट्टै नै स्वदेश फर्काइने तयारी गरिएको हो । राम्रो रोजगारी र आकर्षक आम्दानीको प्रलोभनमा भारतको हरियाणास्थित झज्जरको एक कुखुरा फर्ममा काम गर्दै आएका थिए । तर त्यहाँ पुगेपछि उनीहरूलाई कुटपिट, धम्की, गालीगलौज तथा श्रम शोषणको सामना गर्नुपरेको परेको थियो ।
पीडितहरूले परिवारजनलाई पठाएका भिडियो र तस्वीरमार्फत आफ्नो अवस्था सार्वजनिक गरेपछि घटनाबारे जानकारी बाहिर आएको थियो । त्यसपछि परिवारका सदस्यहरूले इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा उद्धारका लागि अनुरोध गरेका थिए ।





















Discussion about this post