nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०८३, १०:४७ बिहान
वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

काठमाडौं। वातावरण संरक्षणका लागि नीतिगत तथा कानुनी व्यवस्थासँगै नागरिकको व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको प्रतिनिधिसभाका सांसदहरूले बताएका छन्।

विश्व वातावरण दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सांसदहरूले वातावरण संरक्षणका लागि कानुन र नीति निर्माण मात्र पर्याप्त नहुने, त्यसको प्रभावकारी कार्यान्वयन तथा व्यवहारिक परिवर्तन अपरिहार्य रहेको बताए।

दिगो विकास तथा अनुसन्धान केन्द्र (क्रिएसन) नेपाल र गोल्डेन गेट कलेजद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सजिदा खातुन सिद्धिकीले नेपालमा वातावरण प्रदूषणको समस्या गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि आवश्यक कानुन निर्माणमा सरकारलाई सचेत गराउने बताइन्।

उनले वातावरण प्रदूषण सबैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै नीति निर्माण तथा आवश्यक ऐन तर्जुमाका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यस्तै, अर्की सांसद डा. प्रमिला गच्छदारले परम्परागत ज्ञान, सीप तथा सामग्रीको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताइन्। थारु समुदायबाट आफू आएको उल्लेख गर्दै उनले थारु समुदायले परम्परादेखि नै स्थानीय स्रोत र आफ्नै हातले बनाइएका घरेलु सामग्रीको प्रयोग गर्दै आएको र यसले दिगो वातावरण संरक्षणमा टेवा पुर्‍याएको बताइन्।

उनले परम्परागत जीवनशैली र अभ्यासहरू वातावरण संरक्षणका महत्वपूर्ण आधार भएकाले तिनको प्रवर्द्धनका लागि नीतिगत व्यवस्था, कानुनी संरक्षण तथा जनचेतना अभिवृद्धि आवश्यक रहेको धारणा राखिन्। वर्षमा एक दिन मात्र वातावरण दिवस मनाएर उपलब्धि हासिल नहुने भन्दै उनले वातावरणमैत्री व्यवहारलाई दैनिक जीवनमा अपनाउन सबैलाई आग्रह गरिन्।

कार्यक्रममा दिगो विकास तथा अनुसन्धान केन्द्र (क्रिएसन) नेपालकी महासचिव रोशना सुवेदीले वातावरण संरक्षणका लागि सबै सरोकारवाला एकजुट भएर निरन्तर वकालत गर्नुपर्नेमा जोड दिइन्।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई चार समूहमा विभाजन गरी ‘क्याफे टक’ शीर्षकमा छलफल गराइएको थियो। विभिन्न विषयमा भएको छलफलपछि समूहहरूले वातावरण संरक्षणका चुनौती र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए। उनीहरूले वातावरण संरक्षणका लागि नवीन तथा व्यवहारिक अवधारणासमेत प्रस्तुत गरेका थिए।

सहभागी र सांसदहरूबीच आयोजित खुला प्रश्नोत्तर सत्रमा वातावरण संरक्षण, कानुन निर्माण तथा व्यवहारिक सुधारसँग सम्बन्धित विविध प्रश्न उठाइएका थिए। सांसदहरूले ती प्रश्नहरूको सहज र स्पष्ट जवाफ दिएका थिए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तीशिखा धितालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अर्को आकर्षणका रूपमा वातावरणमैत्री सामग्रीहरूको प्रदर्शनी तथा खाद्य स्टलहरू पनि राखिएका थिए।

Tags: समाचार

Discussion about this post

Related Posts

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

गढीमाई मन्दिरबाट चाँदीको मुकुट र सुनका गहनासहित ४ थान बहुमूल्य सामग्री गायब

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सरकार-चिकित्सकबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

सुपर खुदी हाइड्रोपावरको सेयरको लक–इन भदौ १६ गते खुल्दै

थालापतिको चलचित्रको बम्पर ओपनिङ, अग्रिम टिकटवाटै २८ करोड संकलन

‘जन नायकन’ थलापतिको सर्बाधिक सातौं हिट फिल्म, पाँच दिनमै कटायो २३३ करोड

‘वेलकम टु द जंगल’ को प्रदर्शन ‘भुत बंगाला’ को भन्दा कमजोर

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

आलस र चामलवाट घरमै बनाउनुहोस् सीरम, चाउरीपना हटाउनु होस

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

सुनसरी घटनालाई राजनीतिकरण नगर्न सभापति लामिछानेको अपिल

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!