काठमाडौं/जेठ १६ गते । नेकपा (एमाले)ले प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई दिइएको छ। पार्टीले हालै जारी गरेको परिपत्र (अपानी) मार्फत झाँक्रीलाई उक्त जिम्मेवारी तोकिएको हो। पार्टीले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी समेत बाँडफाँट गरेको छ। त्यस्तै, एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ।




















Discussion about this post