nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख २६, २०८३, ६:२१ मध्यान्ह
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा छ

काठमाडौँ/बैशाख २६ गते। जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुन आगामी जेठ १८ गतेदेखि प्रारम्भ हुने अनुमान गरेको छ । आगामी असोज १४ सम्म रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ ।

मनसुनजन्य विपद्का कारण मुलुकमा बर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । विपद्को वार्षिक आँकडाका आधारमा सबैभन्दा बढी विपद्का घटना र क्षति तथा नोक्सानी मनसुनको चार महिनाको अवधिमा हुने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसुनजन्य विपद्बाट मुलुकभर तीन हजार ७४ जनाको मृत्यु भएको छ । ती घटनामा परी पाँच सय दुई जना बेपत्ता, चार हजार ७६९ जना घाइते तथा ३३ हजार १९८ घरपरिवार प्रभावित भएका छन् ।

गतवर्ष मात्रै बाढी, पहिरो, भारी वर्षा र चट्याङबाट एक सय ४० जनाको मृत्यु, ३० बेपत्ता, तीन सय घाइते तथा पाँच हजार ९९५ परिवार प्रभावित भएका थिए । जटिल भू–संरचना, कमजोर भौगर्भिक अवस्था, मौसमी विषमता, वातावरण प्रदूषण तथा जलवायु परिवर्तनका कारण नेपाल बहुप्रकोपको उच्च जोखिममा छ ।

मनसुनजन्य विपद्को जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । कार्ययोजनाको मस्यौदालाई पूर्णता दिन आगामी सोमबार सरोकार भएकाहरूसँग छलफल गर्न लागिएको प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिए ।
मनसुनजन्य विपद्सगँ जुध्न नेपाल प्रहरीसहितका सुरक्षा सङ्गठनले पूर्वतयारी र प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै मौसमजन्य विपद् प्रतिकार्यका लागि पूर्वतयारीका सम्पूर्ण कार्य भइसकेको बताउँछन् ।

“विपद्बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न दक्ष र स्रोतसाधनयुक्त प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखेका छौँ । पहिरो जाने सम्भावित क्षेत्रको पहिचान गरिएको छ । विपद्बाट राष्ट्रिय राजमार्ग अवरोध नहोस् भनेर सतर्कता अपनाएका छौँ”, उनले भने ।

प्रहरीले हाल विभिन्न माध्यमबाट नागरिकलाई सम्भावित विपद्बारे सुसूचित गराइरहेको छ । बाढीपहिरो तथा भत्केका संरचनामा फसेका नागरिकको उद्धार, आगलागी नियन्त्रणलगायत विपद् प्रतिकार्यसम्बन्धी पूर्वाभ्यास भइसकेका छन् ।

प्रहरी नायब महानिरीक्षक काफ्लेले प्रहरीका तल्ला युनिटसम्म सम्भावित विपद्को पहिचान र प्रतिकार्यको तयारी तथा त्यसका लागि चाहिने आवश्यक सामग्रीको व्यवस्थापन भइसकेको बताए । “नागरिकलाई ढुक्क हुन सक्ने अवस्था सिर्जना गरेका छौँ । सबै प्रदेशमा उद्धार तथा राहत सामग्री पुगिसकेका छन् । जिल्ला सुरक्षा समितिले विगतमा भएका विपद्जन्य घटनाको अभिलेखका आधारमा यसवर्ष हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरेको छ”, उनले भने ।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले शुक्रबार बूढानीलकण्ठ नगरपालिका कपनस्थित केन्द्रीय विशेष कार्यदलमा ‘आइए ड्रिल’, हतियार खोल जोड अभ्यास तथा बन्धक बनाइएका व्यक्तिहरूको उद्धारको नमुना अभ्यास प्रदर्शनी गरेको थियो । सोही कार्यक्रममा विपद् प्रतिकार्य तथा तालिम केन्द्रको टोलीले अग्नि नियन्त्रण तथा उद्धार अभ्यास, विपद् सामग्रीको प्रदर्शनी तथा विपद् तयारी सम्बन्धमा विशेष प्रस्तुति दिएको थियो ।

Discussion about this post

Related Posts

स्वास्थ्य दरबन्दीमा विभेद गरिएको भन्दै मधेसका स्वास्थ्यकर्मीहरु आन्दोलित

स्वास्थ्य दरबन्दीमा विभेद गरिएको भन्दै मधेसका स्वास्थ्यकर्मीहरु आन्दोलित

दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

दूरसञ्चारको अध्यक्ष र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा दर्खास्त आह्वान

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

कानून दिवसको अवसरमा उच्च अदालत जनकपुरद्वारा ‘न्यायिक महोत्सव’ आयोजना गरिने

कानून दिवसको अवसरमा उच्च अदालत जनकपुरद्वारा ‘न्यायिक महोत्सव’ आयोजना गरिने

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!