nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख २१, २०८३, ७:०१ मध्यान्ह
जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

धनुषा/बैशाख २१ गते । मिथिला हस्पिटालिटी प्रालिले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियामा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ ।

सोमबार भूमि पुजन गरेर गर्दै आधुनिक होटलको निर्माण कार्य शुभारम्भ गरिएको छ । निर्माण गर्न लागेको उक्त होटल करिब २ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको १२४ कोठा हुने संचालकले बताएको छ। साथै उक्त होटल तीन वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाएको छ । धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधामलाई ‘वेडिङ डेस्टिनेसन’ तथा अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने उद्देश्यसहित परियोजना अघि बढाइएको बताइएको छ ।

कम्पनीका अध्यक्ष रामेश्वर साहले होटल निर्माण कार्य अब तीव्र गतिमा अगाडि बढाइने जानकारी दिँदै यस परियोजनाले जनकपुरधामको पर्यटन पूर्वाधार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार होटलमा अन्तर्राष्ट्रियस्तरका सेवा सुविधा, आधुनिक प्रविधियुक्त व्यवस्थापन, ठूला सम्मेलन तथा विवाह समारोहका लागि विशेष हलको व्यवस्था रहनेछ ।

परियोजनामा ऊर्जा व्यवसायी काजी लामा, व्यवसायी सुदीप चौधरी, ऊर्जाविद् उदयकान्त झा तथा ज्ञानेन्द्र ढुङ्गाना लगायतको संयुक्त लगानी रहेको जनाइएको छ ।
भूमि पूजन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निजी क्षेत्रको यस्ता ठूला लगानीले प्रदेशको आर्थिक गतिविधि विस्तार हुनुका साथै रोजगारी सिर्जनामा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले परियोजनालाई मधेश प्रदेशकै गौरवको योजनाका रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा धनुषा–३ का प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधाममा पहिलो पाँचतारे होटल निर्माण हुनु सकारात्मक र ऐतिहासिक कदम भएको उल्लेख गरे । उनले धार्मिक पर्यटन प्रवर्द्धनका लागि बुद्ध एयरमार्फत जनकपुर–अयोध्या उडान सञ्चालनको तयारी भइरहेको जानकारी समेत दिए ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले शहरलाई व्यवस्थित, आकर्षक तथा लगानीमैत्री बनाउने लक्ष्यअनुसार पूर्वाधार विकास र सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।

त्यसैगरी, उद्योगपति उपेन्द्र महतोले जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व अन्तर्राष्ट्रिय स्तरमै विशिष्ट रहेको उल्लेख गर्दै यस्ता परियोजनाले शहरको पहिचानलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

पर्यटन, होटल तथा सेवा क्षेत्रमा ठूलो लगानी भित्र्याउने उद्देश्यसहित अघि बढाइएको यस परियोजनाले जनकपुरधामलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । साथै, परियोजनाबाट स्थानीय अर्थतन्त्र सुदृढ हुनुका साथै सयौँ युवाले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाउने विश्वास गरिएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

बालबालिका माेबाइलकाे लतमा छन् ? छुटयाउन यी उपाय अपनाउनुहोस

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

नता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

बागमतीको बाढीमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

देश रास्वपाको हातमा सुरक्षित छ : रवि लामिछाने

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रास्वपा कार्यकर्तालाई गगनको सन्देश- आलोचनात्मक चेतना जोगाइराख्नुस्

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

रवि–बालेनको एकतामै रास्वपाको भविष्य छ : बाबुराम भट्टराई

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

प्रदीप ज्ञवालीले रास्वपा सभापतिमा रवि सर्वसम्मत भन्दा बालेनको ताली

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सुशासनको एजेन्डामा रास्वपा र माओवादी सबैभन्दा नजिक : वर्षमान पुन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!