धनुषा/वैशाख २० गते। जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन सम्बन्धी तालिम कार्यक्रम शनिबार जेसिज सचिवालयमा सम्पन्न गरिएको छ। संगठनात्मक कार्यलाई अझ प्रभावकारी, व्यवस्थित तथा अभिलेखीकरणलाई सुदृढ बनाउने उद्देश्यले तालिम आयोजना गरिएको जनकपुरधाम जेसिज बर्ष २०२६ का अध्यक्ष भवेश झा ले जनाएको छ।
तालिम कार्यक्रमको उद्घाटन जनकपुरधाम जेसिज वर्ष १९९७ का अध्यक्ष रामबाबु गुप्ताले गरेका थिए। उद्घाटन समारोहमा बोल्दै उनले जेसिजमा प्रभावकारी अभिलेख व्यवस्थापन र बैठक निर्णयलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न माईन्युट लेखनको महत्वपूर्ण भूमिका रहने बताएका थिए।
तालिमका प्रशिक्षक जनकपुरधाम जेसिज वर्ष २०२२ का अध्यक्ष राजु कुमार साह रहेका थिए। उनले माईन्युट लेखनको विधि, औपचारिक संरचना, निर्णय अभिलेखीकरण तथा व्यावहारिक पक्षबारे सहभागीहरूलाई प्रशिक्षण दिएका थिए।
कार्यक्रमको अध्यक्षता जनकपुरधाम जेसिज वर्ष २०२६ का अध्यक्ष भवेश झाले गरेका थिए भने सञ्चालन महासचिव मनोहर ठाकुरले गरेका थिए। कार्यक्रममा वर्ष २०२६ का बोर्ड पदाधिकारीहरू तथा जेसिजका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




















Discussion about this post