धनुषा/बैशाख १८ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले ठूलो परिमाणमा लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मुसहर्निया गाउँपालिका–६ लक्ष्मिनियाँ क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमको नेतृत्वमा खटिएको टोलीले शंकास्पद गतिविधि नियन्त्रणमा लिँदै शुक्रबार बिहान उक्त बरामदगी गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट ५ बोरामा करिब १३७ केजी गाँजा फेला परेको छ । साथै घटनास्थलबाट बीआर ३२ डी ५८८२ नम्बरको मोटरसाइकल र दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा सोही क्षेत्रका २६ वर्षीय गणेश कुमार यादव र २४ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन् ।
प्रहरीले दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्यसमेत जारी रहेको बताइएको छ ।














Discussion about this post