nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख ८, २०८३, ५:३६ मध्यान्ह
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

नयाँदिल्ली/बैशाख ८ गते । मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्डै एक चौथाइले घटेको छ । प्राकृतिक ग्यास आपूर्तिमा आएको अवरोधका कारण उत्पादनमा यस्तो तीव्र गिरावट आएको सरकारी तथ्यांकले देखाएको छ । यसले कृषि क्षेत्रमा दबाब बढाउने संकत गरेको छ ।

भारतमा युरिया उत्पादनका लागि प्राकृतिक ग्यास अत्यावश्यक कच्चा स्रोत मानिन्छ । यही युरिया देशको विशाल कृषि प्रणालीका लागि मुख्य मल भएकाले यसको उत्पादन विश्वव्यापी ऊर्जा आपूर्ति र मूल्य उतारचढावसँग प्रत्यक्ष रूपमा जोडिएको छ । तर फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गर्दा ग्यास आपूर्ति प्रभावित भएको हो ।

यो जलमार्गबाट विश्वका करिब एक तिहाइ मल आपूर्ति हुने भएकाले अवरोधले विश्वव्यापी खाद्य उत्पादनमै असर पर्ने चिन्ता व्यक्त गरिएको छ । भारतजस्तो कृषिमा निर्भर मुलुकका लागि यसको प्रभाव अझ गम्भीर मानिएको छ । भारतमा कुल रोजगारीको ४५ प्रतिशतभन्दा बढी हिस्सा कृषिले ओगटेको छ । साना र कम उत्पादनशील खेती प्रणालीमा निर्भर किसानहरूका लागि मल अभाव थप चुनौती बन्न सक्छ ।

वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च २०२६ मा मल उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४.६ प्रतिशतले घटेको छ । यसअघि भने उत्पादनमा सुधारको क्रम देखिएको थियो-फेब्रुअरीमा ३.४ प्रतिशत, जनवरीमा ३.७ प्रतिशत र डिसेम्बर २०२५ मा ४.१ प्रतिशतले वृद्धि भएको थियो ।

सरकारले भने तत्काल अभाव नहुने दाबी गरेको छ । पेट्रोलियम मन्त्रालयका अनुसार देशमा हाल ‘पर्याप्त मल भण्डार’ रहेको छ र आपूर्ति स्रोतहरूलाई विभिन्न देशहरूबाट विविधीकरण गर्ने प्रयास भइरहेको छ ।

भारतमा मलको माग मुख्यतः मनसुन बाली रोपाइँ (जुन–जुलाई) अघि र जाडो सिजनका बाली रोपाइँ (अक्टोबर–नोभेम्बर) बेला उच्च हुन्छ । यही समयलाई लक्षित गर्दै सरकारले यसअघि अप्रिलमा मल अनुदान ११ प्रतिशतले बढाएको थियो, जसले बढ्दो मूल्यबाट किसानलाई केही राहत दिने अपेक्षा गरिएको छ ।

तर भारतको मल प्रणाली आयातमा निर्भर रहँदै आएको छ । युरियासँगै रक फस्फेट, फस्फोरिक एसिड र पोटाशजस्ता कच्चा पदार्थका लागि पनि विदेशमै भर पर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा आपूर्ति शृङ्खलामा आएको अवरोधले दीर्घकालीन असर पार्ने सम्भावना देखिएको छ ।

यसैबीच, विश्व व्यापार सङ्गठनले पनि मध्यपूर्व युद्धका कारण मल आपूर्तिमा आएको अवरोधले विश्व खाद्य सुरक्षामा गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको छ । यसले भारत मात्र नभई विश्वभर कृषि उत्पादन र खाद्य उपलब्धतामाथि दबाब बढ्न सक्ने संकेत गरेको छ । रासस

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!