धनुषा/बैशाख ५ गते। धर्म संस्था व्याहुत कलवार सेवा समिति जनकपुरधाम अन्तर्गतको युवा मञ्चमा नयाँ कार्यसमिति मनोनयन गरिएको छ। हालै गरिएको संगठनात्मक निर्णयअनुसार युवा मञ्चको अध्यक्षमा अमित साह चयन भएका छन्।
त्यसैगरी, उपाध्यक्षमा भरत कुमार साह, महासचिवमा विकास साह, सचिवमा मौसम कुमार साह र कोषाध्यक्षमा राजेश कुमार साह मनोनयन भएका छन्। समितिले अन्य पदाधिकारी तथा सदस्यहरू समेत मनोनयन गरिएको जानकारी दिएको छ।
नवगठित कार्यसमितिले संस्थाको उद्देश्यअनुसार सामाजिक, धार्मिक तथा युवा लक्षित कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने नयाँ कार्यसमितिले बताएका छ्न । साथै, युवाहरूलाई संगठित गर्दै समाजसेवामा सक्रिय बनाउने लक्ष्यका साथ नयाँ नेतृत्व चयन गरिएको समितिले जनाएको छ।














Discussion about this post