nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भारतीय गायिका आशा भोसलेको निधन

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र २९, २०८२, ५:४० मध्यान्ह
भारतीय गायिका आशा भोसलेको निधन

मुम्बई/चैत २९ गते। भारतीय सङ्गीतको स्वरयुग नै परिवर्तन गर्नुभएकी प्रख्यात गायिका आशा भोसलेको आइतबार निधन भएको छ । आठ दशकभन्दा बढी समय भारतीय सिनेमा र सङ्गीतलाई आफ्नो स्वरले समृद्ध बनाएकी उनको निधनले सम्पूर्ण कलाजगतलाई शोकमा डुबाएको छ । उनको उमेर ९२ वर्ष थियो ।
मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचाररत रहँदा उनको निधन भएको चिकित्सक डा. प्रतीत समदानीले पुष्टि गरेको छ। चिकित्सकका अनुसार बहु–अङ्ग विफलताका कारण उनले अन्तिम सास लिएको हो ।
अस्पताल स्रोतअनुसार अत्यधिक थकान र छातीमा सङ्क्रमण भएपछि आशा भोसलेलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचार जारी रहे पनि अवस्था जटिल बन्दै गएको चिकित्सकहरूले बताएका थिए ।
यसअघि उनकी नातिनी जनाई भोसलेले सामाजिक सञ्जालमार्फत परिवारका लागि गोपनीयताको अनुरोध गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको थियो । उनले अस्पताल भर्ना गरिएको पुष्टि गर्दै उपचार भइरहेको र सुधारको आशा गरिएको उल्लेख गरेका थियो ।
सन् १९३३ मा जन्मीएकी आशा भोसलेले अत्यन्तै सानो उमेरमै आफ्नो सङ्गीत यात्रा सुरु गरेको थियो । सन् १९५० को दशकदेखि उनको स्वर भारतीय चलचित्र सङ्गीतमा अत्यन्त लोकप्रिय बन्दै गएको थियो र क्रमशः उनले विश्वकै सबैभन्दा चर्चित पार्श्व गायिकामध्ये एकका रूपमा स्थापित भएको थियो ।
उनको स्वरको विशेषता भावनात्मक गहिराइ, अनुकूलनीयता र बहुमुखी प्रतिभा मानिन्छ । शास्त्रीय सङ्गीतदेखि गजल, क्याब्रे, पप र लोकगीतसम्म उनले विभिन्न विधामा आफ्नो स्वरको प्रभाव छोडेकी छिन् । भारतका विभिन्न भाषामा हजारौँ गीत रेकर्ड गरेर उहाँले भारतीय सङ्गीतलाई विश्वस्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
प्रमुख सङ्गीतकार तथा चलचित्र निर्मातासँगको सहकार्यले हिन्दी चलचित्र सङ्गीतलाई नयाँ उचाइमा पुर्‍याएको मानिन्छ । उनका गीतहरू आज पनि कालजयी मानिन्छन् र नयाँ पुस्तामाझ उत्तिकै लोकप्रिय छन् ।
उनलाई भारतीय सरकारले प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार तथा पद्मविभूषण सहितका उच्च सम्मानले सम्मानित गरेको थियो । सन् २०११ मा गिनिज वर्ल्ड रेकर्डले उहाँलाई सङ्गीत इतिहासमा सबैभन्दा धेरै रेकर्ड गरिएको कलाकारका रूपमा मान्यता दिएको थियो ।
जीवनको उत्तरार्धसम्म पनि आशा भोसले सङ्गीतसँग निरन्तर जोडिएको थियो । कहिलेकाहीँ सार्वजनिक प्रस्तुति दिँदै उनले युवा कलाकारहरूलाई प्रेरणा दिइरहेको थियो । भारतीय सङ्गीतमा महिला स्वरको पहिचान विस्तार गर्न र पार्श्व गायनलाई नयाँ परिभाषा दिन उहाँको योगदान अतुलनीय मानिन्छ ।
उनका लोकप्रिय गीतहरूमा ‘दिल चीज क्या है’, ‘पिया तु अब तो आजा’, ‘मेरा कुछ सामान’ र ‘चुरा लिया है तुमने’ जस्ता कालजयी रचना समावेश छन्, जसले उहाँको बहुआयामिक प्रतिभालाई उजागर गर्छ ।
उनको निधनको खबर फैलिँदा भारतभर तथा अन्तर्राष्ट्रिय स्तरमा पनि शोक व्यक्त गरिएको छ । प्रशंसक, कलाकार र विभिन्न क्षेत्रका व्यक्तित्वहरूले उनका योगदानलाई स्मरण गर्दै भारतीय सङ्गीतमा उहाँको स्थान अपूरणीय रहेको बताएका छन् ।

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि