nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वडा न.-१४ ले जित्यो यूरो पेन्टस वडा कप २०८२

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २१, २०८२, ७:३३ मध्यान्ह
वडा न.-१४ ले जित्यो यूरो पेन्टस वडा कप २०८२

धनुषा/चैत २१ गते। जनकपुरधाममा जारी वडा स्तरीय यूरो पेन्टस वडा कप २०८२ वडा नं. १४ ले जितेको छ। वडा स्तरीय क्रिकेट प्रतियोगिता २०८२ को फाइनल खेल अत्यन्तै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको छ।

दर्शकहरूको उल्लेखनीय उपस्थितिका बीच सम्पन्न उक्त फाइनल खेलमा वडा नं. १४ ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. १७ लाई ७ विकेटले पराजित गरी उपाधि आफ्नो नाममा गरेको छ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको वडा नं. १७ ले निर्धारित २० ओभरमा सन्तोष जनक सुरुवात गर्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो। टोलीका लागि प्रदीपले संघर्षपूर्ण ३९ रन बनाए भने अविषेकले १८ रनको योगदान दिए। अन्य ब्याट्सम्यानहरू भने वार्ड नं. १४ को कडा बलिङ आक्रमण अगाडि टिक्न सकेनन्।

बलिङतर्फ वार्ड नं. १४ का राजीव यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ५ महत्वपूर्ण विकेट लिए। उनको घातक बलिङकै कारण वार्ड नं. १७ दबाबमा परेको थियो। त्यस्तै रुपेश यादव र राहुल यादवले पनि २–२ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण योगदान पुर्‍याए भने कृषमोहनले १ विकेट हात पारे।

१०९ रनको लक्ष्य पछ्याएको वार्ड नं. १४ ले सुरुदेखि नै आक्रामक शैली अपनाउँदै खेललाई एकतर्फी बनायो। टोलीले मात्र १०.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गर्‍यो। रुपेश यादवले शानदार ४५ रन बनाउँदै इनिङ्सलाई मजबुत बनाए भने राजा यादवले ३१ रनको योगदान दिए। अन्तिम चरणमा चन्दन (१५*) र आकाश यादव (७*) अविजित रहँदै टोलीलाई विजयी गराए।

फाइनल खेलको उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ द म्याच राजीव यादव घोषित भए। उनले बलिङमा गरेको उत्कृष्ट प्रदर्शनले खेलको मोड नै परिवर्तन गरेको थियो।

सम्पूर्ण प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. १४ ले उपाधि जित्न सफल भएको हो। प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ। फाइनल खेलले दर्शकहरूलाई उच्चस्तरीय प्रतिस्पर्धा र मनोरञ्जन प्रदान गरेको थियो।


समापन समारोहको आयोजना गरी विजेता र उप विजेतालाई कप प्रदान गरिएको छ। समापन समारोहको अध्यक्षता अम्भु प्रसाद साहले गरेको थियो भने समारोहको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाको मेयर मनोज साह रहेको थियो।त्यस्तै अतिथिमा वडा न.-१० को अध्यक्ष मिथिलेश कर्ण रहेको थियो।

वडा कप क्रिकेट प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले खेलकुदसँगै शिक्षामा पनि समान रूपमा ध्यान दिनुपर्ने बताएका छन्।

उनले खेलले मानिसको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै नियमित खेलकुदले शरीरलाई तन्दरुस्त बनाउने र मस्तिष्कलाई तीक्ष्ण बनाउन मद्दत गर्ने बताए।

मेयर साहले युवाहरूलाई खेलकुदमा सक्रिय रहँदै शिक्षालाई पनि प्राथमिकतामा राख्न आग्रह गरे। उनले खेल र शिक्षा दुवैलाई सन्तुलित रूपमा अघि बढाएमा समग्र व्यक्तित्व विकास सम्भव हुने धारणा व्यक्त गरे।

वडा कप क्रिकेट प्रतियोगिताको समापन समारोहमा अध्यक्षता गरिरहेका अम्भु साहले कार्यक्रमलाई सम्बोधन गर्दै जनकपुरधामका मेयर मनोज साहले खेलकुद र खेलाडीको विकासका लागि अग्रसर भएर काम गरिरहेको भन्दै प्रशंसा गरेका छन्।

उनले वडा कपजस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाप्रति आभार व्यक्त गरे।
अध्यक्ष साहले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न शुभकामना समेत व्यक्त गरेका छन्।

यस प्रतियोगिताको विजेता वडा न.-१४ ले ट्रफी र नगद रु २५००० पाए भने उपविजेता वडा न.-१७ ले रनर अप ट्रफी र नगद रु १५००० प्राप्त गरेका छ्न। नगद पुरस्कार जनकपुरधाम उपमहानगरपालिका को मेयर मनोज साहले व्यक्तिगत सहयोग गरेका छ्न। त्यस्तै बेस्ट ब्याट्सम्यान पंकज यादवले मेडल र नगद रु ३१०० ,बेस्ट बलर अनिकेत यादवले मेडल र नगद पुरस्कार रु.३१०० र म्यान अफ सिरिज रुपेश यादव मेडल र नगद रु.५१०० सहित र कृश राना मगर मेदल सहित सम्मानित भएका छ्न।

प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका थिए । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको थियो।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

धनुषामा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो, प्रभातफेरीदेखि अन्तरक्रियासम्म कार्यक्रम

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

क्यान महासंघ धनुषा द्वारा साइबर सेक्युरिटी सम्बन्धि कार्यशाला सम्पन्न

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!