सप्तरीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ।खडक नगरपालिका– ९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको टयाक्टरबाट बालक लडेको प्रहरीले जनाएको छ ।घटनामा सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्याक्टरबाट खसी गम्भिर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको डिएसपी भुवनेश्वर साहले बताए ।घाइते बालकको स्थानिय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको उनले जनाए ।
पोष्टमार्टमका लागि शवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शव गृह ल्याइएको छ ।ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।





















Discussion about this post