धनुषा। जनकपुरधाममा जारी वडा स्तरीय यूरो पेन्टस वडा कप २०८२ क्रिकेट प्रतियोगितामा वडा नं. २० ले उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. २२ लाई ७ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको वडा नं. २२ ले १६ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो। टोलीका लागि निशान्तले १६ रन र आर्यनले १५ रन बनाएका थिए भने अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। अतिरिक्तबाट ३५ रन आएको थियो।
वार्ड नं. २० का लागि मिलनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै रिषुले २ तथा राजनले २ विकेट लिएर टोलीलाई मजबुत स्थितिमा पुर्याए।
९० रनको लक्ष्य पछ्याएको वडा नं. २० ले आक्रामक सुरुवात गर्दै ९.४ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। राहुल पीले २६ रन बनाएका थिए भने राहुल डी ३१ रनमा अविजित रहे। मिलनले १८ रनको महत्वपूर्ण योगदान दिएका थिए।
यस जितसँगै वडा नं. २० प्रतियोगितामा मजबुत दाबेदारी प्रस्तुत गरेको छ भने वडा नं. २२ पराजित भएको छ।
प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका छन् । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार प्रतियोगिता नक आउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्ड अनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।
यस भन्दा अगाडि यही समाचारमा प्राविधिक कारणले त्रुटि हुन गएकोमा सच्याईएको छ। -सम्पादक
















Discussion about this post