धनुषा/चैत १३ गते। जनकपुरधाममा जारी यूरो पेंट्स वडा स्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत वडा नं. ८ र वडा नं. २० बीच सम्पन्न खेलमा वडा नं. २० ले ४ विकेटले प्रभावशाली जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको वडा नं. ८ ले निर्धारित १६ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो। टोलीका लागि राकेशले अविजित ३२ रन बनाए भने करणले २१ र रोहनले १५ रनको योगदान दिए।
बलिङतर्फ वडा नं. २० का राजन झाले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने मिलनले ३ विकेट हात पार्दै विपक्षी टोलीलाई दबाबमा राखे।
१०८ रनको लक्ष्य पछ्याएको वडा नं. २० ले १३.१ ओभरमै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टोलीका लागि राहुल पासवानको ४१ रनको उत्कृष्ट इनिङ खेले भने आशिषले अविजित २० रन बनाउँदै जित सुनिश्चित गरे।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं. २० का राजन झालाई म्यान अफ द म्याच घोषित गरियो। उक्त पुरस्कार प्रतियोगिताका डाइरेक्टर हरिशंकर साहद्वारा प्रदान गरिएको थियो।
यस जितसँगै वडा नं. २० प्रतियोगितामा थप मजबुत बन्दै अघि बढेको छ भने वडा नं. ८ पराजित हुदै प्रतियोगिताबाट बाहिरीएका छन ।
प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका छन् । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार भोलि २ वटा खेल हुनेछ। पहिलो खेल बिहान ८ बजे वडा न. १ र १९ बीच हुनेछ भने दोस्रो खेल दिउँसो १२:३० बजे वडा न. -१० र वडा न.- २२ बीच हुनेछ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्डअनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।














Discussion about this post