धनुषा/चैत १३ गते। जनकपुरधाममा जारी यूरो पेंट्स वार्ड स्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत वडा नं. २४ र वडा नं. १२ बीच सम्पन्न खेलमा वार्ड नं. २४ ले ९१ रनको फराकिलो जित हात पारेको छ।
पहिले ब्याटिङ गरेको वार्ड नं. २४ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रनको मजबुत योगफल तयार गर्यो। टोलीका लागि शिवम र निखिलले समान २८/२८ रन बनाए भने गंगा करणले २५ रनको महत्वपूर्ण योगदान दिए। अन्त्यतिर राहुलले अविजित १७ रन जोड्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए।
वडा नं. १२ का बलरमध्ये बसुले ४ विकेट लिए पनि अन्य बलरहरूले अपेक्षित प्रदर्शन गर्न सकेनन्।
१६४ रनको लक्ष्य पछ्याएको वडा नं. १२ को ब्याटिङ कमजोर रह्यो र टोली १४.३ ओभरमै ७२ रनमा समेटियो। प्रवीणले १७ रन र प्रदीप मण्डलले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरू प्रभाव जमाउन सकेनन्।
बलिङतर्फ वडा नं. २४ का करण दासले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए भने निखिल र राहुलले समान २/२ विकेट लिएर विपक्षीलाई दबाबमा राखे।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका करण दास (वडा नं. २४) लाई म्यान अफ द म्याच घोषित गरियो। उक्त पुरस्कार आयोजक संस्था चित्रगुप्त सेवा समितिका उपाध्यक्ष विनोद कर्ण तथा सह–सचिव मोहन कर्णद्वारा प्रदान गरिएको थियो। यस जितसँगै वडा नं. २४ प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको छ भने वार्ड नं. १२ पराजित भई प्रतियोगिताबाट बहिरिएका छन ।
प्रतियोगितामा जम्मा १८ वटा वडाको टीम ले भाग लिएका छन् । यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार भोलि २ वटा खेल हुनेछ। पहिलो खेल बिहान ८ बजे वडा न. १ र १९ बीच हुनेछ भने दोस्रो खेल दिउँसो १२:३० बजे वडा न. -१० र वडा न.- २२ बीच हुनेछ। प्रतियोगिता नकआउट प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्डअनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।





















Discussion about this post