nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ४, २०८२, ६:३५ मध्यान्ह
श्रीलङ्काः राति इभी चार्जमा रोकको आग्रह

चैत ०४ गते । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन (इभी) प्रयोगकर्तालाई रातिको समयमा गाडी चार्ज नगर्न आग्रह गरेको छ । बढ्दो विद्युत् मागले देशको विद्युत् प्रणालीमा दबाब सिर्जना गरेपछि यस्तो अपिल गरिएको हो ।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति अनुरा कुमार दिसानायकले राति घर फर्किएपछि धेरै इभी प्रयोगकर्ताले गाडी चार्ज गर्दा ग्रिडमा करिब ३०० मेगावाट अतिरिक्त माग थपिएको बताए । उनका अनुसार यसले विद्युत् आपूर्तिमा असन्तुलन ल्याउँदै सबै उपलब्ध उत्पादन स्रोत सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

रातिको समयमा श्रीलङ्काले करिब ९०० मेगावाट कोइला र १,००० मेगावाट डिजेलबाट विद्युत् उत्पादन गर्दै आएको छ । यसलाई वातावरणमैत्री विकल्प नभएको स्वीकार गरिएको छ । यसले इभीलाई स्वच्छ ऊर्जाको प्रतीक मानिने धारणा विपरीत अवस्था सिर्जना गरेको देखिएको छ ।

देशमा पर्याप्त मात्रामा सौर्य ऊर्जा उत्पादन भए पनि ठूलो स्तरको ब्याट्री भण्डारण प्रणाली नहुँदा दिनमा उत्पादन भएको अतिरिक्त ऊर्जा सुरक्षित गर्न नसकिएको सरकारको भनाइ छ । त्यसैले राष्ट्रपति दिसानायकले नागरिकलाई दिनको समयमा सौर्य ऊर्जाको उपयोग गर्दै गाडी चार्ज गर्न आग्रह गरे ।

साथै, रातिको चार्जिङ नियन्त्रण गर्न चाँडै शुल्क प्रणाली लागू गर्ने योजना पनि बनाइएको जनाइएको छ । पछिल्लो समय श्रीलङ्कामा विद्युतीय सवारीको सङ्ख्या तीव्र रूपमा बढेको छ । गत वर्ष फेब्रुअरीमा पाँच वर्षदेखि लागू गरिएको सवारी आयात प्रतिबन्ध हटाइएपछि आयात गरिएका सवारीमध्ये १० प्रतिशतभन्दा बढी पूर्ण रूपमा विद्युतीय रहेका छन् ।

मध्यपूर्वमा जारी युद्धका कारण उत्पन्न ऊर्जा सङ्कटले श्रीलङ्कालाई थप प्रभावित पारेको छ । सरकारले इन्धन अभाव नियन्त्रण गर्न रेशनिङ सुरु गरेको छ भने इन्धन बचतका लागि चार दिने कार्यसप्ताह पनि लागू गरेको छ । राष्ट्रपति दिसानायकले युद्धका कारण ९० हजार टन कच्चा तेलका दुई ढुवानी प्राप्त गर्न नसकिएको जानकारी दिए ।

उनले परिष्कृत पेट्रोलियम पदार्थका लागि भारत र रुसजस्ता मित्र राष्ट्रहरूसँग वार्ता भइरहेको पनि उल्लेख गरे । ऊर्जा बचत अभियानको प्रभाव स्वरूप बुधबार देशका सडकहरू सामान्यभन्दा सुनसान देखिएका छन् भने विद्यालय, सरकारी कार्यालय र बैंक बन्द हुँदा रेल र बस स्टेसनहरूमा पनि कम भीड देखिएको छ ।

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

स्वास्थ्य क्षेत्रमा सुधारका लागि मधेस युवा सञ्जालको १५ दिने अल्टिमेटम

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि