जनकपुरधाम/चैत्र ०३ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश अन्तर्गत RAT विभाग प्रमुख अम्भु प्रसाद साहले मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नं.–३ का विभिन्न स्थानमा बिहानको घुमफिर तथा स्थानीय संग भेटघाट गरेका छन्।
उनले जनक चौक, जानकी मन्दिर, जानकी चौक, पर्शुराम मार्ग, देवान पोखरी, वडा नं.–३ को कार्यालय, गङ्गासागर तथा दिलिप दासको घर आसपासका क्षेत्रहरूमा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै छलफल गरेका थिए। सो क्रममा स्थानीयवासीका गुनासा सुन्नुका साथै क्षेत्रका विभिन्न समस्या र समाधानका उपायबारे पनि व्यापक छलफल गरिएको थियो।
भेटघाटका क्रममा साहले रास्वपालाई प्रदान गरिएको दुई तिहाइ बहुमतप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा राजनीतिक तथा सामाजिक अवस्थाबारे समेत गहन छलफल भएको बताए। उनले जनकपुरधामलाई सफा, सुन्दर, स्वच्छ, स्वस्थ र शिक्षित शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै समग्र रूपमा आत्मनिर्भर शहर निर्माणको आवश्यकता औंल्याए।
उनले स्थानीयवासीबीच आपसी सहकार्य, समन्वय र सहयोगलाई अझ मजबुत बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गरेका थिए। साथै, जनकपुरधामको समग्र विकासका लागि सबै पक्ष एकजुट भएर काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

















Discussion about this post