धनुषा/फागुन २४ गते। महोत्तरी क्षेत्र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गौरी कुमारी यादव निर्वाचित भएका छन्।
उनले ३० हजार १३२ मत ल्याएर निर्वाचित हुँदा जनता समाजवादी पार्टी (जसपा) नेपालका सुरेन्द्र कुमार यादवले ८ हजार ७४२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका महेन्द्र कुमार रायले ६ हजार ९४४ मत ल्याएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) की निलम अधिकारीले ६ हजार १९२ र नेपाली कम्युनिष्ट पार्टीका भरत साहले ३ हजार ९४६ मत प्राप्त गरेका छन्।














Discussion about this post