nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रविन्द्र मिश्रले लिए दलिय राजनीतिबाट विदा

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २३, २०८२, १:२३ मध्यान्ह
रविन्द्र मिश्रले लिए दलिय राजनीतिबाट विदा

काठमाडौँ/फागुन २३ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ बाट तेस्रोपटक पराजित भएसँगै उनले दलीय राजनीतिबाट राजीनामा दिएका हुन् ।

शनिबार सामाजिक सञ्जालबाट मिश्रले तत्कालका लागि राजनीतिबाट विदा हुने निर्णय कुनै निराशा, हताश या हतारमा नभई निकै सोचि-विचारी गरी लिएको बताएका छन् ।

देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल हुनुमा पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले आफ्नो जिम्मेवारी रहेको बताएका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो भनेका छन् :

दलीय राजनीतिबाट तत्कालका लागि विदा

मैले आज जे निर्णय लिँदैछु, त्यो कुनै निराशा, हताश या हतारमा लिँदै छैन। धेरै सोचि-विचारी लिँदैछु।

देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि सो जनमतलाई सङ्गठित र पूँजीकृत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी विविध कारणले बारम्बार विफल भएको छ, जसका लागि पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले म पनि जिम्मेवार छु।

विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु। सो परिप्रेक्ष्यमा मैले निम्न दुई निर्णय लिएको छु:

१) आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको छु।

२) राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा मेरा अडान यथावत रहनेछन् र तत्कालका लागि गैरदलीय (स्वतन्त्र) रूपमा म मेरा विचार र अडानहरू मुखरित गरिरहनेछु।

गत ९ वर्षको अभूतपूर्व रूपमा उतार–चढावपूर्ण मेरो राजनीतिक यात्राका क्रममा मैले मेरो विवेक र बुद्धिले भ्याएसम्म इमानदारीपूर्वक राजनीतिक र राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेँ। त्यो प्रयास अझै पर्याप्त देखिएको छैन।

तर ‘देशभन्दा माथि स्वार्थ’लाई राखेर ‘व्यक्तिले पाउने, देशले नपाउने’ कुनै पनि काम कुनै हालतमा गर्ने छैन।

यी यावत वर्षहरूमा यो कठिन यात्रामा साथ र सहयोग गर्नुहुने देश–विदेशमा रहेका नेपाली तथा पार्टीका नेता तथा साथीहरूप्रति जति आभार प्रकट गरे पनि त्यो अपर्याप्त हुन्छ।

निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई वधाई तथा शुभकामना दिन चाहन्छु। ‘प्रचण्डपथ’मा पट्टी लगाएको घोडा सरह एकोहोरीएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् — त्यत्ति कामना गर्दछु।

तपाईंहरू सबैको जय होस्, पृथ्वीपथको जय होस्, नेपालको जय होस्! धेरै-धेरै धन्यवाद!

Discussion about this post

Related Posts

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!