nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘होरी महोत्सव’ तथा ‘महामूर्ख सम्मेलन’ फागुन १६ र १७ गते हुने

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन १४, २०८२, ९:३२ मध्यान्ह
‘होरी महोत्सव’ तथा ‘महामूर्ख सम्मेलन’ फागुन १६ र १७ गते हुने

धनुषा/फागुन १४ गते । मिथिला नाट्यकला परिषद् (मिनाप) ले हरेक वर्षझैं यस वर्ष पनि जनकपुरधाममा दुई दिवसीय ‘होरी महोत्सव’ तथा ‘महामूर्ख सम्मेलन’ आयोजना गर्ने भएको छ । परिषद्ले फागुन १६ गते शनिबार होरी महोत्सव र फागुन १७ गते आइतबार महामूर्ख सम्मेलन सम्पन्न गर्ने निर्णय सार्वजनिक गरेको हो ।

मिनापका अध्यक्ष सुनिल मलिल्कले होरी महोत्सवमा सहभागी हुन इच्छुक होरैया टिमहरूलाई आ–आफ्नो टिमको नामावलीसहित परिषद्सँग सम्पर्क गर्न आग्रह गरेका छन् । उनका अनुसार मिथिलाञ्चलको मौलिक सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष कार्यक्रमलाई अझ भव्य र व्यवस्थित रूपमा आयोजना गर्ने तयारी गरिएको छ ।

“यो कार्यक्रम स्थानीय प्रतिभालाई प्रस्तुति दिने प्लेटफर्म मात्र होइन, सांस्कृतिक चेतना फैलाउने प्रभावकारी माध्यम पनि हो,” अध्यक्ष मलिल्कले भने ।
फागुन १६ गते आयोजना हुने होरी महोत्सवमा विभिन्न होरैया टिमहरूको सहभागिता रहनेछ । स्थानीय संगीत, नृत्य, रंग, हास्य–व्यंग्य र मौलिक प्रस्तुतिमार्फत सांस्कृतिक विविधता झल्काउने लक्ष्य राखिएको छ । प्रत्येक टिमलाई आफ्नै मौलिक प्रस्तुति तयार गरी सहभागी हुन अवसर दिइने परिषद्ले जनाएको छ ।
कार्यक्रमले समुदायलाई एकताबद्ध गर्दै मिथिला संस्कृतिको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

फागुन १७ गते हुने ‘महामूर्ख सम्मेलन’मा हास्य–व्यंग्य प्रस्तुति, व्यंग्यात्मक वक्तव्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश रहनेछन् । अध्यक्ष मलिल्कका अनुसार सम्मेलन मनोरञ्जनमा सीमित नभई सामाजिक व्यवहार, राजनीतिक चेतना र सांस्कृतिक मूल्यबारे सोच्न प्रेरित गर्ने माध्यमका रूपमा स्थापित हुँदै आएको छ ।

वि.सं. २०६१ सालदेखि सुरु भएको सम्मेलनमा विभिन्न राजनीतिक, साहित्यिक, सामाजिक तथा सांस्कृतिक व्यक्तित्वलाई ‘महामूर्ख’को उपाधि प्रदान गरिँदै आएको छ । उपाधि प्राप्त गर्नेहरूमा मैथिली कवि नरेश ठाकुर, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, राजनीतिक विश्लेषक सीके लाल, उद्योग तथा पर्यटन मन्त्री शत्रुधन महतो, जनकपुरधामका मेयर लालकिशोर साह, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, महजोडीका मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अर्थविद् डा. भोगेन्द्र झा, सभामुख रामचन्द्र मण्डल तथा मुख्यमन्त्री सतिश कुमार सिंहलगायत रहेका छन् ।

वि.सं. २०७३ सालमा सप्तरीको मलेठमा नेकपा एमाले ले सञ्चालन गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा होली महोत्सव स्थगित गरिएको थियो । मिनापले हरेक वर्ष आयोजना गर्ने महोत्सव तथा सम्मेलनले जनकपुरधाम र मिथिलाञ्चल क्षेत्रमा सांस्कृतिक चेतना विस्तार गर्ने, स्थानीय कला–साहित्यको संरक्षण गर्ने तथा सामुदायिक एकतालाई सुदृढ बनाउने भूमिका खेलेको दाबी गरेको छ ।

अध्यक्ष मलिल्कले परम्परालाई निरन्तरता दिँदै नयाँ पुस्तालाई संस्कृति र परम्पराप्रति सचेत बनाउनेतर्फ विशेष ध्यान दिइने बताए । उनका अनुसार यस वर्षको कार्यक्रम अझ व्यवस्थित, आकर्षक र सहभागितामूलक बनाइने तयारी भइरहेको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!