धनुषा/फागुन ११ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नं.–७ मा श्री श्री १०८ श्री मनोकामना सिद्ध हनुमान मन्दिर औपचारिक रूपमा उद्घाटन गरिएको छ। सोमबार आयोजित कार्यक्रममा हनुमान मन्दिर व्यवस्थापन समिति र कुश्वाहा फाउन्डेसनको संयुक्त आयोजनामा मन्दिर उद्घाटन तथा मूर्ति प्राण प्रतिष्ठा सम्पन्न गरिएको हो।
कुश्वाहा फाउन्डेसनको पहल र व्यवस्थापन समितिको सहकार्यमा निर्माण गरिएको उक्त मन्दिर १५ लाख रुपैयाँ लागतमा तयार भएको जानकारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार महतोले दिए। उनका अनुसार धार्मिक आस्था तथा समुदायको आवश्यकता मध्यनजर गर्दै संयुक्त लगानीमा मन्दिर स्थापना गरिएको हो।
मन्दिरका महन्थ भोला दास रहेका छन्। नव–निर्मित हनुमान मन्दिर कुश्वाहा कुट्टी अन्तर्गत निर्माण गरिएको बताइएको छ। कुट्टी परिसरमा यसअघि नै सटरसहितको धर्मशाला तथा पुरानो मन्दिर संरचना रहेको र सोही परिसरको थप संरचनाका रूपमा हनुमान मन्दिर निर्माण गरिएको हो।
स्थानीयवासीका अनुसार कुश्वाहा कुट्टी कुश्वाहा जातजाती तथा कुश्वाहा समुदायको धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा परिचित छ। नयाँ मन्दिरले पूजा–आराधना, धार्मिक अनुष्ठान तथा सामुदायिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन तथा प्राण प्रतिष्ठा कार्यक्रममा स्थानीय भक्तजन, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले मन्दिर निर्माणले क्षेत्रको धार्मिक वातावरण सुदृढ हुनुका साथै सामाजिक एकता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।














Discussion about this post