nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कम्प्युटर एसोसिएसन नेपाल महासंघ शाखा धनुषाद्वारा ३ महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न,प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १७, २०८२, ३:३८ मध्यान्ह
कम्प्युटर एसोसिएसन नेपाल महासंघ शाखा धनुषाद्वारा ३ महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न,प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

गिरिजानन्द साह/धनुषा/माघ १७ गते।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) धनुषा जिल्ला शाखाद्वारा आयोजित ३ महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न भएको छ। सूचना प्रविधिको पहुँचबाट वञ्चित समुदायका युवायुवतीलाई कम्प्युटर सीपमा दक्ष बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम समापनका अवसरमा आज जनकपुरधाममा विशेष कार्यक्रम आयोजना गरी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।

प्रमाणपत्र वितरण कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले आजको डिजिटल युगमा कम्प्युटर सीप सबैका लागि अनिवार्य भएको उल्लेख गर्दै क्यान धनुषाले समाजका कमजोर तथा पिछडिएका वर्गलाई लक्षित गरी निःशुल्क तालिम सञ्चालन गर्नु अत्यन्तै सराहनीय कार्य भएको बताउनुभयो। उहाँले यस्ता तालिमले युवाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न मद्दत पुग्ने धारणा राख्नुभयो।

क्यान धनुषा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत गरीब, दलित, अपाङ्ग, अल्पसंख्यक तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै उक्त ३ महिने निःशुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गरेको हो। तालिममार्फत सहभागीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, अफिस प्याकेज, इन्टरनेट प्रयोग, इ–मेल, डाटा व्यवस्थापन लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।

क्यान धनुषा शाखाका अध्यक्ष विनय साहले जिल्लामा दक्ष मानव संसाधन उत्पादन गर्ने दीर्घकालीन उद्देश्यका साथ ५१ जना योग्य विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार धनुषा जिल्लाका १२ वटा कम्प्युटर इन्स्टिच्युटको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो। अध्यक्ष साहले सीमित स्रोत साधनका बाबजुद पनि क्यानले निरन्तर रूपमा सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता तालिमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमाणपत्र वितरण कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जनकपुरधाम जेसीजका पूर्व अध्यक्ष मनोज साह तथा कम्प्युटर एसोसिएसन नेपाल महासंघ धनुषा जिल्ला शाखाका संस्थापक अध्यक्ष प्रवीन साहको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले क्यान धनुषाले सूचना प्रविधिको विकास र जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा धनुषा जिल्लाका विभिन्न कम्प्युटर इन्स्टिच्युटका प्रतिनिधिहरू, प्रशिक्षकहरू, प्रशिक्षार्थी विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूले निःशुल्क तालिम उपलब्ध गराएर भविष्य निर्माणमा सहयोग पुर्‍याएको भन्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

बाल विवाह न्यूनीकरणका उपायबारे जनकपुरधाममा प्रादेशिक परामर्श

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

पहिलो राष्ट्रिय कुश्ती प्रतियोगिता सम्पन्न, मधेश प्रदेश प्रथम

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ विशेष योग शिविर सम्पन्न

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

बितरण भयो राष्ट्रिय चलचित्र पुरस्कार, उनको स्विटर उत्कृष्ट फिल्म

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!