nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १५, २०८२, १:१७ मध्यान्ह
मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ । विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप बढेको छ । मधेस प्रदेशमा पनि त्यो अनुभूत भएको छ । जेनजी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन । उनीहरू भन्छन्, “सूचीमा केही युवा नाम देखिनु सकारात्मक सङ्केत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ ।” यसअघि केही नयाँ र पुराना राजनीतिक दलहरूले समानुपातिकतर्फ प्रस्तुत गरेका उम्मेदवारहरूको सूचीमा पनि जेनजी आन्दोलनको भावना समेटिएको देखिए पनि ती नामहरू अधिकांशतः राजनीतिक पहुँच भएकै व्यक्तिहरू थिए ।

प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका उम्मेदवार बनेका छन् । उम्मेदवारहरुमध्ये दुई जना महिला र ५६ जना पुरुष छन् । निर्वाचन आयोगका अनुसार ४१ जना स्वतन्त्र र १२ राजनीतिक दलबाट १७ जना जेनजी पुस्ताका उम्मेदवार बनेका हुन् । जेनजी पुस्ताका उम्मेदवारको सङ्ख्या कम भए पनि स्थानीय राजनीतिक इतिहासका हिसाबले महत्त्वपूर्ण मानिन्छ । उज्यालो नेपाल पार्टी र जनमत पार्टीले तीनतीन जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएको छ भने श्रम संस्कृति पार्टीले दुई जनालाई खडा गरेको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), आम जनता पार्टी (एकल चुनाव चिह्न), जनअधिकार पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपालका लागि नेपाली पार्टीले एकएक जना जेनजी पुस्ताका युवालाई उम्मेदवार बनाएको छ । उज्यालो नेपाल पार्टीले सिरहा क्षेत्र नम्बर ३ बाट २६ वर्षीय श्रवण पासवान, महोत्तरी क्षेत्र नम्बर १ बाट २८ वर्षीय मनोजकुमार गुप्ता र रौतहट क्षेत्र नम्बर २ बाट २५ वर्षीय रामाकान्तप्रसाद पटेललाई उम्मेदवार बनाएको छ । जनमत पार्टीले महोत्तरी क्षेत्र नम्बर १ बाट २७ वर्षीय वीरेन्द्र महतो, रौतहट क्षेत्र नम्बर २ बाट २८ वर्षीय सोनु कुशवाहा र रौतहट क्षेत्र नम्बर ४ बाट २८ वर्षीय राम कल्याण राउतलाई उम्मेदवार बनाएको छ । श्रम संस्कृति पाटीले सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट २६ वर्षीय पङ्कजकुमार ठाकुर र पर्सा क्षेत्र नम्बर १ बाट २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले पूर्वसांसद शिवपुजन यादवको छोरा २७ वर्षीय अमनिशकुमार यादवलाई सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको छ । यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्वप्रतिनिधिसभा सदस्य अमरेश सिंहलगायतका उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री भइसकेका २८ वर्षीय बब्लु गुप्तालाई सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको छ । नेकपाले बारा निर्वाचन क्षेत्र नम्बर ४ मा २७ वर्षीय अजय कुशवाहालाई खडा गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा २७ वर्षीय अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीले सप्तरी २ बाटै निलम कुमारीयादवलाई प्रत्याशी बनाएको छ । समाजशास्त्री नीलबहादुर लुम्रेको अनुसार यी युवा उम्मेदवारको साझा विशेषता ‘पुराना राजनीतिक दलकाशैलीप्रति असन्तुष्टि र नयाँ सोचसहितको हस्तक्षेप हो’ । उहाँहरु सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय विकासलाई प्रमुख एजेन्डा बनाउँदै मतदातासामु पुग्नु, सामाजिक सञ्जाल, प्रत्यक्ष भेटघाट र सामुदायिक छलफलमार्फत मतदातासँग सम्पर्कमा रहनु परम्परागत राजनीतिभन्दा फरक अभ्यासमा लाग्नुलाई समाजशास्त्री लुम्रे नवीन मान्नुहुन्छ । राजनीतिक विश्लेषक शङ्कर महतोका अनुसार जेनजी उम्मेदवारहरूको उपस्थिति जित–हारभन्दा पनि दीर्घकालीन रूपमा राजनीतिक संस्कार परिवर्तनको सङ्केत हो । “यी युवाले जिते वा नजिते पनि उनीहरूको सहभागिताले आगामी निर्वाचनमा अझ बढी युवालाई प्रेरित गर्नेछ”, विश्लेषक महतो बताउनुहुन्छ ।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

लियो क्लब अफ जनकपुरधाम क्यापिटल चर्टर, विकास साह अध्यक्षमा चयन

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!