धनुषा/माघ ८ गते। नेकपा एमालेका नेता महेश बस्नेतले मधेशी समुदायप्रति आपत्तिजनक तथा भद्दा टिप्पणी गरेको आरोपमा जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताहरूले बिहीबार बेलुका धनुषाको सदरमुकाम जनकपुरधाममा प्रदर्शन गर्दै बस्नेतविरुद्ध नाराबाजी गरेका हुन्।
जनकपुरधामस्थित भानुचौकमा भेला भएका रास्वपाका नेता कार्यकर्ताहरूले ‘महेश बस्नेत मुर्दावाद’, ‘मधेशी समुदायको अपमान बन्द गर’ जस्ता नारा लगाउँदै आक्रोश व्यक्त गरेका हुन्।
रास्वपा धनुषा तथा मधेश प्रदेश र्याट विभागका सदस्यहरूको सहभागितामा गरिएको प्रदर्शनका क्रममा उनीहरूले महेश बस्नेतको तस्वीर जलाएर विरोध जनाएका थिए। केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जनकपुरधाम आउँदा मैथिली भाषामा दिएको भाषणमा प्रयोग गरिएको ‘छौरा’ शब्दको अनर्थ निकाल्दै बस्नेतले टिप्पणी गरेको आरोप लगाउदै रास्वपाका नेता तथा कार्यकर्ताहरू आन्दोलित भएको रास्वपाको मधेश प्रदेश र्याट विभाग प्रमुख अम्भु साहले जानकारी दिए।














Discussion about this post