जनकपुरधाम । पूर्व राजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुरधाम आउने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै पूर्व राजा शाहको जनकपुरधाम आगमनको जानकारी दिएको हो।
राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवका अनुसार आइतबार सम्पन्न पार्टी कार्यसमितिको बैठकले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापनका लागि आवश्यक निर्णय गरेको छ। बैठकको निर्णयअनुसार पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवण कुमार झा (लालबाबु) को अध्यक्षतामा एक हजार एक सदस्यीय मूल समारोह स्वागत समिति गठन गरिएको छ।
जिल्ला अध्यक्ष यादवले पूर्व राजा शाहको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिर र राम मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको जानकारी दिए। पूर्व राजाको आगमनलाई व्यवस्थित, मर्यादित तथा भव्य बनाउन पार्टीले विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्र बनाएको जनाएको छ।
राप्रपाले पूर्व राजा शाहको जनकपुरधाम आगमनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै सम्पूर्ण तयारीलाई प्रभावकारी रूपमा अघि बढाइरहेको बताएको छ।














Discussion about this post