nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शहीदनगरमा भ्रष्टाचार र बेथिति विरुद्ध युवा सडकमा उत्रिने चेतावनी

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १३, २०८२, ८:३२ मध्यान्ह
शहीदनगरमा भ्रष्टाचार र बेथिति विरुद्ध युवा सडकमा उत्रिने चेतावनी

जनकपुरधाम। धनुषाको शहीदनगर नगरपालिकाका स्थानीय युवाहरूले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको माग गर्दै संगठित आन्दोलनको चेतावनी दिएका छन्। ‘हामी युवा’ नामक संस्था गठन गरी नगरपालिकामा देखिएको बेथिति र अनियमितताविरुद्ध पुस २० गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरिएको हो।

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा युवाहरूले लामो समयदेखि उठाउँदै आएका मागहरू नगरपालिकाले बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको बताएका छन्। उनीहरूका अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद तथा समग्र नगर विकाससँग सम्बन्धित विषय समेटेर यसअघि नै नगरप्रमुखसमक्ष २७ बुँदे माग प्रस्तुत गरिए पनि हालसम्म कुनै ठोस पहल भएको छैन।

युवाहरूले २०८२ कात्तिक २३ गते नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। उक्त पत्रमार्फत नगरपालिकाको प्रशासनिक पारदर्शिता, आर्थिक अनुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न सुझाव तथा माग राखिएको थियो। तर नगरप्रमुखले युवाहरूको मागलाई ‘हावादारी’ भन्दै गम्भीर रूपमा नलिएको आरोप युवाहरूले लगाएका छन्।

पत्रकार सम्मेलनमा युवाहरूका तर्फबाट अरुण यादवले भने, “हामीले उठाएका माग व्यक्तिगत स्वार्थका लागि होइनन्, नगरको सुशासन र नागरिकको अधिकार सुनिश्चित गर्नका लागि हुन्।” उनले नगरपालिकाले जनताको करबाट आउने बजेट र निर्णयहरू लुकाएर राख्न खोज्दा शंका बढेको भन्दै अब दबाबमूलक कार्यक्रम अपरिहार्य भएको बताए।

युवाहरूले नगरपालिकाको रेडबुक सार्वजनिक गर्नुपर्ने, नगर कार्यपालिकाका बैठकका निर्णयहरू नियमित रूपमा सार्वजनिक गर्नुपर्ने, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत सम्पूर्ण कर्मचारीको विवरण नगरपालिकाको वेबसाइटमा राखिनुपर्ने माग गरेका छन्। साथै प्रत्येक वडामा नियमित सरसफाइको व्यवस्था, नगरभित्र रहेका शिक्षक दरबन्दी, विद्यार्थी संख्या लगायतका शैक्षिक तथ्यांक सार्वजनिक गर्नुपर्ने तथा सबै वडामा खेलकुद मैदान निर्माण गर्नुपर्ने उनीहरूको माग छ।

मागहरू सुनुवाइ नभए चरणबद्ध रूपमा आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने चेतावनीसमेत युवाहरूले दिएका छन्।

 

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

अल्टिमा लाइफस्टाइलको जनकपुरधाममा आधिकारिक शाखा, उद्घाटनमा आकर्षक अफर सार्वजनिक

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

वन तथा वन्यजन्तु व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेलको रिटमा भट्ट र अग्रवालको सम्पत्ति शुद्धीकरण मुद्दाको मिसिल झिकाउन सर्वोच्चको आदेश

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

नेपालीहरूको जीवन दर्शन नै सेवा र करुणाबाट अभिप्रेरितः राष्ट्रपति पौडेल

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

लोकतन्त्र अपहरणमा छ, बामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता जरूरीः ओली

रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

रौतहटका त्रिलोकी यादवको कुस्तिमा दमदार यात्रा, दुई राष्ट्रिय स्वर्णले बढायो गौरव

रास्वपाले सार्वजनिक गर्यो ‘नागरिक करार’

यसअघिको गल्ती सच्चाउँदै रास्वपामा आए दुई नयाँ सदस्य (अन्तिम नामावली सुचीसहित)

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

शाहरूख ‘पठान २’ काे स्क्रिप्ट तयार, नयाँ निर्देशकसहित चिलीमा हुनेछ सुटिङ

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!