nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

थारु महिला सभा सप्तरी तथा सनराईज युथ क्लव खडक नगरपालिकाको संयुक्त आयोजनामा सप्तरीको कल्याणपुरमा माघी महोत्सव सप्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २, २०७७, ४:१२ मध्यान्ह
थारु महिला सभा सप्तरी तथा सनराईज युथ क्लव खडक नगरपालिकाको संयुक्त आयोजनामा सप्तरीको कल्याणपुरमा  माघी महोत्सव सप्पन्न

उमेश कुमार साह,सप्तरी।नेपाल आदिबासी जनजाती महासंघ प्रदेश नम्बर २ का अध्यक्ष मनोज सिंह दनुवारले ओली सरकारको पालामा सबभन्दा बढी आदिबासी जनजातीको अधिकारमाथी आक्रमण भएको बताएका छन् । थारु महिला सभा सप्तरी तथा सनराईज युथ क्लव खडक नगरपालिकाको संयुक्त आयोजनामा सप्तरीको कल्याणपुरमा बिहीबार आयोजित माघी महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दनुवारले कम्युनिस्ट पार्टीको नेतृत्वको प्रधानमन्त्री केपी ओली सरकारले आदिबासी जनजाती समुदायको अधिकार खोस्ने पटक–पटक प्रयास गरेको आरोप लगाए । नेपालको ईतिहासमा कम्युनिस्ट पार्टीको बहुमतको सरकारको पालामा आदिवासी जनजातीले धेरै अधिकार पाउने अपेक्षा गरेको थियौ, अध्यक्ष दनुवारले भने, तर हामीले आशा गरेको भन्दा फरक परिणाम आयो । आधिकार पाउनु भन्दा खोस्ने प्रयास भयो, अध्यक्ष दनुवारले थपे– ओली सरकारको पालामा ईतिहासमै सबभन्दा बढी आदिवासी जनजातीको अधिकारमाथी आक्रमण भयो ।

ओली सरकारले आदिवासी जनजातीहरु बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त साँस्कृतिक चाडबाडको बिदा, समानुपातिक समाबेशी प्रतिनिधित्व, बजेट पाएको हक कटौती गरेको अध्यक्ष दनुवारको भनाई रहेको थियोे । ओली सरकारले पुस ५ मा संबैधानिक ‘कु’ गरेको भन्दै कार्यक्रमका प्रमुख अतिथि दनुवारले ओलीको प्रतिगमन विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए । देशको स्वाधीनता रक्षाको लागि आदिवासी जनजातिले पटक–पटक संघर्ष गरेको स्मरण गर्दै अध्यक्ष दनुवाले राष्ट्रमा संकट आईपर्दा फेरि पनि आदिवासी समुदायले एक पटक बलिदानी दिन तयार रहेको बताए ।

अध्यक्ष दनुवारले ओली सरकारको विभेद र अन्यायको विरुद्ध सशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताए । थारुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय कार्यबाहक संयोजक श्रावण थारुले आदिबासी जनजाति, थारु, मधेसी दलित, मुश्लिममाथी भएको विभेद र अन्यायको विरुद्ध एकजुट भएर आन्दोलन गर्नुपर्ने जोड दिए । उच्च अदालत दिपायलले साँसद रेशम चौधरीलाई षड्यन्त्रपूर्वक फैसला गरि फसाएको आरोप लगाउँदै फाल्गुनको पहिलो हप्ता सम्ममा सँसद चौधरीलाई रिहाई नगरे कठोर आन्दोलन गर्ने चेतावनी दिए ।

नेपाल आदिबासी जनजाती महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले संस्कृति संरक्षणमा थारु समुदाय योगदान अबिस्वस्नीय रहेको बताए । उनले थारु समुदायले माघी मनाएर संस्कृति जेगेर्नामा ठूलो सहयोग गरेको भन्दै आयोजकलाई धन्यवाद दिए । महिला सभा सप्तरीका अध्यक्ष संतोषी चौधरी तथा सनराईज युथ क्लबका अध्यक्ष राजेश कुमार भगतको संयुक्त अध्यक्षतामा आयोजित कार्यक्रममा थारु कल्याण कारिणी सभाका केन्द्रिय सदस्य दिल कुमारी चौधरी, दनुवार जागरण समितीका केन्द्रिय सदस्य बिरेन्द्र सिंह दनुवार, भरत्तोलन सप्तरीका प्रशिक्षक कानन चौधरी, खडक नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राकेश कुमार साह, वडा नम्बर ६ का अध्यक्ष भगवती प्रसाद चौधरी, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य उचितलाल चौधरी, नेपाली काँग्रेस सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ का सभापति किरण कुमार भगत, जनता समाजवादी पार्टी खडक नगरपालिका संयोजक ननु चौधरी, थारु महिला सभा सप्तरीका सचिब शंकर चौधरीलगायतकाले शुभकामना मनतब्य व्यक्त गरे ।

थारु बिद्यार्थी केन्द्रिय सभा र थारु कल्याणकारी नगरसभा खडग नगरपालिकाको संयोजनमा आयोजित कार्यक्रममा चर्चित कलाकारहरुद्वारा थारु गित तथा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका, शम्भुनाथ नगरपालिका, कंचनरुप नगरपालिका, अग्निसाईरकृष्णा सवरन गाउँपालिकामा हर्सोउल्लासका साथ थारु समुदायले भब्यताको साथ माघी मनाएका छन् ।

थारु कल्याणकारी सभा सप्तरीका पूर्व सचिब देव नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत पृथ्वी चन्द चौधरीले गरेका थिए । कार्यक्रम प्रमुख अतिथि दनुवारलाई आयोजकको तर्फबाट तिलको लड्डु, मुरहीको लाइसहितको संदेश प्रदान गरिएको थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!